२०८३ कार्तिक १२ गते बुधवार

प्रकोपलाई रोक्न सकिदैन सजक बनौं



भूमे गाउँपालिका ७ धर्मशालामा थवाङ खोलाले बगाएको तीन वटा घरका घटनाले गम्भीर क्षति पुर्‍याएको छ।साउने रोका, कबिराज रोका र सुरेश रोकाको घर–बार, आमा–बुबाले उत्पादन गरेको अन्नपात र घरेलु सामग्रीहरु  बगाएको छ।यस्तै, रुकुमपूर्वको शहीद मार्ग अन्तर्गत भूमे–पुथाउत्तरगंगा सडक खण्डमा वर्षाले खसेको पहिरोले सवारी साधन रोकिएको घटना ताजा नै छ।गाउँपालिकाले तत्काल सडक सञ्चालन गर्ने लक्ष्य लिए पनि निकै भारी वर्षाकव कारण निकै कठिन भएको छ।रुकुमपूर्व भौगोलिक संवेदनशीलता र भौतिक पूर्वाधारको कमजोरीको एउटा उदाहरण मात्र हो।स्थानीय तहले पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि जोखिम भने कहिल्यै सक्दैन।

यी घटनाले फेरि एकपटक हामीलाई स्मरण गराएको छ।प्राकृतिक प्रकोप टार्न सकिँदैनौं तर त्यसबाट हुने क्षति कम गर्न सक्छौं।यसको लागि हामी सबैको सजगता, पूर्वतयारी र सहकार्य तयारि अवस्थामा रहेका छौं।भूमे गाउँपालिका मात्र नभई जिललाका तीन वटै गाउँपालिका  वर्षैभरि जोखिमयुक्त क्षेत्रमा पर्ने गर्दछ।

जोखिमयुक्त क्षेत्रमा उचित योजना, पूर्वसूचना प्रणाली, उद्धार टोली तयार पार्ने कामलाई निरन्तरता दिए पनि यहाँ गाउँ बस्ती निकै दुर्गम रहेको छ।तर, यो काम सरकार मात्रको होइन।हामी सबै नागरिकको चेतना र सजगता अनिवार्य छ।घर निर्माण गर्दा खोलाको किनारमा बसीरहने चलन छ, अवैध अतिक्रमण, जंगल फँडानी र नदी किनारामा जमघटले जोखिमलाई झन् बढाइरहेका छन्।यस्ता कुराले प्रकोपको भयावहता थपेर आम जनताको जीवन जोखिममा पारिरहेको छ।

हामीले आजको विकासलाई दिगो बनाउनुपर्ने आवश्यकता छ।जहाँ पर्यावरण संरक्षण र पूर्वाधार विकास सँगसँगै अघि बढ्ने हो।केवल ढुंगा, बालुवा, डोजर चलाएर सडक मात्र बनाउने कामले दीर्घकालीन सुरक्षा सुनिश्चित हुँदैन।त्यसैले हामी सजक बनौं।

प्रकाशित मिति : २०८२ साउन ७ गते बुधवार