२०८३ साउन १५ गते शुक्रवार

वाइडबडी काण्ड :माओवादीको सांसद  पूर्णबहादुर घर्तीले मागे सरकारलाई जवाफ



बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले अख्तियार प्रमुखले व्यक्तिविशेषलाई लक्षित गरेर कारबाही गरेको आरोपबारे विशेष अदालतको निर्णय उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ।

व्यक्ति छानेर कारबाही गरिएको भन्ने अदालतको निर्णय छ। अख्तियार प्रमुखले कारबाहीको क्रममा व्यक्ति छनोट गरेको विषयमा समाचार सार्वजनिक भएको छ। त्यसप्रति सरकारको धारणा के हो ? म सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ सांसद घर्तीमगरले भन्नुभएकाे छ।

वाइडबडी विमान खरिद प्रकरणसम्बन्धी मुद्दामा अख्तियारकै प्रमुख आयुक्त प्रेमकुमार राईमाथि अनुसन्धान नभएको भन्ने विषयमा विशेष अदालतले प्रश्न उठाएको थियो। अदालतको उक्त निर्णयपछि माओवादी केन्द्रले सरकारसँग जवाफ माग्दै संसदमा आवाज उठाउनु भएको हाे।

प्रकाशित मिति : २०८२ साउन ८ गते बिहिवार