“स्वास्थ्य,मनोरञ्जन र एकताका लागि खेलकुद” भन्ने नाराका साथ हरियाली जन युवा क्लबले आयोजना गर्न लागेको HJYC CUP श्रावण १८ गतेदेखि सुरु हुँने भएको छ। भलिबल र सांस्कृतिक प्रतियोगिता समावेश गरिएको यस प्रतियोगिताले रुकुमपूर्व जिल्लाभरिका युवा प्रतिभालाई एकैथलोमा उतार्ने क्लबले जनाएको छ।
१८ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिने यो प्रतियोगिता भलिबलका साथै एकल नृत्य, दोहोरी गीत तथा ३५ वर्ष माथिका पुरुषका लागि भलिबल प्रतियोगिता हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीहरूले नगद पुरस्कार प्राप्त गर्नेछन्। पुरुष भलिबलतर्फ प्रथम ,दृतिय ,तृतीयहुनेले क्रमशः ५२ हजार ,३५ हजार ,२० हजार र ७ हजार पाउने भने यस्तै महिलातर्फ क्रमशः ३२ हजार, २०हजार १२ हजार र ५ हजार पाउने छन्। ३५ वर्ष माथिका टोलीले २५ हजार बराबरको खसी पाउने क्लबका अध्यक्ष अनक रामदामले जानकारी दिएका छन्।खेल FIVB नियमअनुसार खेल सञ्चालन हुनेछ।












प्रतिक्रिया दिनुहोस्