लामो समयदेखि विवादित रहँदै आएको रुकुमपूर्वको सदरमुकाम अन्ततः सिस्ने गाउँपालिका–५ र ६ मा पर्ने रुकुमकोटमा तोक्ने निर्णय नेपाल सरकार मन्त्रिपरिषद्को साउन ७ गतेको बैठकले गरेको थियो।सोही निर्णयअनुसार नेपाल सरकारले साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गर्दै रुकुमकोटमा सदरमुकाम तोकेको घोषणा गरेको थियो।
तर राजपत्रमा सार्वजनिक गरिएको निर्णय भूगोलको आधारमा नभएको भन्दै साउन १४ मा सर्वोच्चमा रिट परेको छ।सर्वोच्च अदालतले सरकारलाई सिस्ने गाउँपालिकाकाे ५ र ६ वडामा ताेक्नु पर्ने कारण किन ? भन्दै कारण देखाउ आदेश जारी गरेको छ।
स्थानीय प्रशासन ऐन २०२८ अनुसार दफा ३ को उपदफा २ बमोजिम सरकारले सदरमुकाम तोक्ने कानुनी अधिकार रहे पनि कारण देखाउ आदेशमा परेको छ।सरकारले सिस्ने गाउँपालिकाको ५ र ६ मा पर्ने रुकुमकोटलाई सदरमुकाम तोकेको थियो।तर जिल्लाभित्रैबाट असन्तुष्टि र कानुनी लडाइँ फेरि चर्किने भएको छ।











प्रतिक्रिया दिनुहोस्