हरियाली जन युवा क्लबद्वारा आयोजित १८ औं वार्षिक उत्सवको उद्घाटन सत्र आइतबार भव्य रूपमा सम्पन्न भएको छ।क्लबको आयोजनामा सुरु भएको कार्यक्रममा पुरुष तथा महिला ३५ वर्षमाथिका खेलाडीहरूबीच भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमहरूको औपचारिक उद्घाटन गरिएको हो।
कार्यक्रमको प्रमुख अतिथि तथा भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले विकास निर्माणसँगै युवाको सशक्तिकरणका लागि खेलकुदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभएको छ।विकासका संरचना मात्रै होइन, युवाको ऊर्जा सृजनात्मक ढंगले प्रयोग गर्न खेलकुद अपरिहार्य रहेको बताउनुभयो।युवालाई भोलिको नेतृत्वका रूपमा तयार पार्न यस्ता प्रतियोगिता जरुरी रहेको र गाउँपालिकाले खेलकुद प्रवर्द्धनका लागि परि रहेको बताउनुभएको छ।
यस्तै कार्यक्रमको शुभकामना मन्तव्य दिँदै भूमे गाउँपालिका प्रवक्ता तथा वडा नं. २ का वडाध्यक्ष नारायण पनुमगरले खेलकुदलाई केवल स्वास्थ्य र मनोरञ्जनसँग मात्र जोडेर हेर्न नहुने धारणा व्यक्त गर्नुभएको छ।खेलकुद राष्ट्रको गौरव, एकताको प्रतीक र सामाजिक रूपान्तरणको माध्यम भएको बताउनुभएको छ। खेलकुदले युवा पुस्तालाई अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमतातर्फ डोर्याउन र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो।
वडा नम्बर ३ का वडाध्यक्ष प्रशुराम बुढामगरले हरेली पूजासँगै खेलकुदलाई पनि क्लवले जोड् दिएको बताउनुभएको छ।हरेली पूजाले कृषि र संस्कृतिको संरक्षण गर्छ भने खेलकुदले युवा उर्जा र सामाजिक एकता बढाउँने उहाँले बताउनु भएको छ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य रुपधन कामीले भलिबल खेलको शुभकामना दिनुहुदै रुकुमपूर्वको सदरमुकामबारे विवाद चुलिँदै गएको सन्दर्भमा वर्तमान निर्णयले बहुसंख्यक जनताको चाहना बेवास्ता गर्दै निर्णय गर्दा गलत गरेको आरोप लगाउनुभएको छ।नेता कामीका अनुसार सरकारले सिस्ने गाउँपालिका –५ र ६ अन्तर्गतको रुकुमकोटलाई सदरमुकाम तोकेको भए पनि उक्त निर्णयमा पुथा र भूमे गाउँपालिकाका बासिन्दाको हित समेटिएको छैन।रुकुमपूर्वको सदरमुकाम सिस्नेमा मात्रै हुनु पर्ने हैन, पुथा र भूमे गाउँपालिकाका जनताको पनि हो।तर सरकारले नागरिकको पक्षमा निर्णय नगरेपछि हामी सर्वोच्च अदालतमा रिट दायर गरेका छौँ।सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको जानकारी दिंदै कामीले उक्त निर्णय पुनर्विचार हुनुपर्नेमा जोड दिनुभएको छ।
अखिल (क्रान्तिकारी) रुकुमपूर्वका अध्यक्ष तथा सो क्लवका व्यवस्थापक चन्द्र रसाइलीले हरेली पर्वको ईतिहास बताउदै क्लवले निकै सर्घष गर्दै यहाँसम्म पुगेको बताउनुभयो।खेलकुद परिवर्तन र चेतनाको माध्यम हो।हामीले यस वर्ष हरेली पूजाको अवसर पारेर प्रतियोगिताको आयोजना सहयोग जुटाएर गरिएको बताउनुभयो।रसाइलीको अनुसार परम्परा जोगाउनु मात्रै हैन, परम्पराको उपयोग गरेर नयाँ पुस्तालाई सामाजिक जिम्मेवारी र सक्रिय भूमिकातर्फ डो¥याउनु आवश्यक रहेको बताउनुभयो।
नेपाली कांग्रेसका वडा सभापति भीम बहादुर पुनले खेलकुद प्रतियोगिताले गाउँमा लुकेर बसेका प्रतिभालाई उजागर गर्न सहयोग पुग्ने बताउनुभयो।युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्दै भोलीका दिनमा ग्रामीण क्षेत्रमा उत्पादन भएका खेलाडीले राष्ट्रिय स्तरमा स्थान पाउने बताउनुभयो।
उद्घाटन सत्र क्लबका अध्यक्ष अनक रामदामको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।विशेष अतिथिका रूपमा जिल्ला समन्वय समितिका सदस्य विष्णु रोका, गाउँपालिका प्रवक्ता नारायण पुन मगर, वडा नं. ३ का अध्यक्ष परशुराम बुढा, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम सञ्चालन शहिद शुक्र माध्यमिक विद्यालय, सिमा का लेखापाल राजन पुन मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य क्लबका सचिव भरत पुनले राखेकाे थिए।











प्रतिक्रिया दिनुहोस्