निम प्रसाद गिरी
परिचय: डेङ्गी भाइरसबाट सर्ने संक्रामक रोग हो।यो रोग संक्रमित कीटको टोकाइबाट सर्छ।संक्रमित लामखुट्टेले तोक्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ।लामखुट्टेको टोकाइबाट सर्ने भाइरल समस्या जसमध्ये सबैभन्दा धेरै फैलिने रोग विशेष गरी एडिस जातको एडीज एजिप्टाई (Aegypti) र एडिस एल्बोपिक्टस (Albopictus) जातको लामखुट्टेबाट सर्छ।यो रोग विशेषत: लामो समयदेखि देखिँदै आएको रोग हो।सन १७७९ मा पहिलो पटक एसिया र अफ्रिकामा देखापरेको थियो।सन १९५० को दशकमा थाइल्यान्ड, फिलिपिन्समा देखिएपछि ठूलो खतरा देखिएको हो।
यो रोग विश्वव्यापी रुपमा फैलिएको छ।विशेष गरी १९७० पछि यो रोग ९ गुना बढेको छ।विश्वका करिब २.५ अरब जनसंख्या यो रोगको जोखिम क्षेत्रभित्र पर्छ।प्रत्येक वर्ष करिब ५० करोड मानिसमा यो रोगको संक्रमण हुने गर्छ।यस मध्ये करिब पाँच लाख मानिसमा गम्भीर अवस्था देखिन सक्छ भने करिब २० हजारको मृत्यु हुने गर्दछ।नेपालमा पहिलो पटक देखिएको यो रोग सन १९०४ मा चितवन, नवलप्रासी लगायतका जिल्लामा महामारीको रुपमा देखिएको थियो।विगत केही वर्ष यता विशेष गरी साउन महिनामा यसले प्रमुख रूपमा फैलावट लिँदै आएको छ।
डेङ्गु रोगका लक्षण
डेङ्गु रोगको भाइरस संक्रमण भएको केही ४ देखि १० दिनसम्ममा यसका लक्षण देखा पर्न सक्छ।यस रोगका लक्षण तथा नङ्गनङ्गो निम्न छन्:
- उच्च ज्वरो आउनु (१०२°F देखि १०३°F)
- टाउको दुख्ने।
- आँखाको पछाडि दुख्ने।
- गिँजा दुख्ने, छालामा रातो दाग आउने।
- वाकवाकी लाग्ने।
- छालामा रातो रातो बिबिरा र दागहरू देखापर्छ।
- आँखामा तथा शरीरका विभिन्न भागमा राताराता डाबरहरू देखापर्छ।
- थकान तथा कमजोरी महसुस हुन्छ।
डेङ्गु रोगको कारक तत्व: डेङ्गु भाइरस डेंगु भाइरसबाट हुने यो रोग मुख्यतया चार प्रकारका DEN1, DEN2, DEN3, DEN4 नामक विभिन्न प्रकारका भाइरसबाट संक्रमित व्यक्तिबाट लामखुट्टेको टोकाइबाट अर्को व्यक्तिमा सर्छ र रोग लाग्छ।
डेङ्गु रोग सर्ने तरिका: डेङ्गु भाइरसबाट संक्रमित एडीज जातको पोथी लामखुट्टेले कुनै व्यक्तिलाई टोकेपछि समाजमा विभिन्न समयमा सफा देखिने ठाउँमा रहेका लामखुट्टे पाइन्छन्।(विशेष गरी चिसो स्थानमा) Dengue Virus सर्नेछ।यो लामखुट्टे अन्य सामान्य लामखुट्टे भन्दा बिहान र दिउँसो टोक्ने हुन्छ।जसलाई “Tiger-mosquito” (बाघझै देखिने लामखुट्टे) पनि भनिन्छ।यो प्रजातीको लामखुट्टे प्रायः संक्रमित लामखुट्टेको टोकाइ भएको व्यक्तिले फ्यालेको पानी तथा स्थानमा देखा पर्छ।एउटै घरमा पनि सजिलै संक्रमण फैलिन सक्छ। उक्त पोथी लामखुट्टेले वातावरणमा पाएको २–३ दिनमा तातोमा विशेष गरी टिनको पानी नटाँसेको अवस्थामा पनि टोक्ने गर्छ र त्यसले अण्डा दिन सक्छ।सामान्य जीवन रहने ठाउँ, किचनको ठाउँ, (क्रस) पानीको भाँडो, ट्यांकी, फुलदानी, घरको पुछ्ने बाल्टिन, पुरानो टायर, प्लास्टिक झोला आदि सबै स्थानमा देखा पर्न सक्छ। एउटा लामखुट्टेले आफैँले जीवनकालमा १०० देखि ४०० वटा अण्डा दिन सक्छ।एक पटक लामखुट्टेको आयु भएको ७–८ हप्ता हुने हुँदा पोथीले २–८ हप्ता अण्डा दिन्छ।डेङ्गु रोग कुनै पनि मानिसको प्रतिरक्षा प्रणालीमा सर्दैन।
डेंगी रोगको उपचार
डेङ्गी एक भाइरसबाट सर्ने रोग हो।यसको प्रत्यक्ष उपचार नभए पनि चिन्ह र लक्षणका आधारमा उपचार गरिन्छ।यो रोग सामान्यतः केही दिनमै निको हुने गर्दछ, तर लापरवाही गर्नाले ज्यानसमेत गुम्ने खतरा हुन्छ। त्यसैले निम्न कुरामा ध्यान दिनुहोस्:
- डेंगीको लक्षण देखिएमा तुरुन्तै नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस्।
- प्रशस्त मात्रामा झोलिलो पदार्थ (जस्तै सूप, ओआरएस, जुस, पानी आदि) सेवन गर्नुहोस्।
- ज्वरो कम गर्न पारासिटामोल मात्र सेवन गर्नुहोस्।
- डुखाई कम गर्ने अन्य औषधी (जस्तै आइबुप्रोफेन वा डाइक्लोफेनाक) प्रयोग नगर्नुहोस्, यीले रगत बग्ने समस्या बढाउन सक्छ।
- विश्राम गर्नुहोस् र शरीरलाई पर्याप्त आराम दिनुहोस्।
- नोट: डेङ्गीको लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, आँखाको पछाडि दुख्ने, मासपेशी तथा हड्डी दुख्ने, छालामा रातो दाग देखिनु, बान्ता वा वाकवाकी लाग्नुजस्ता लक्षणहरू देखिन सक्छन्।
- सचेत रहौं, सुरक्षित रहौं।
डेङ्गी रोगको रोकथाम तथा बच्ने उपाय
- लामखुट्टे उत्पादन हुन नदिने ।
- घर वरिपरि पानी जम्न नदिने ।
- फूलदानी, पुराना टायर, बोतल, ड्रम, कुलर आदि सफा राख्ने।
- प्रत्येक सातामा एकपटक पानी भरेका भाँडोहरू खाली वा सफा गर्ने।
- पूरै शरीर ढाक्ने लामो बाहुलाको कपडा लगाउने।
- मच्छरदानी (झुल) प्रयोग गर्नुहोस्, सुत्दा अनिवार्य रूपमा प्रयोग गर्ने।
- लामखुट्टे भगाउने क्रिम, स्प्रे वा क्वायल प्रयोग गर्ने।
- झ्याल–ढोका खुल्ला राख्दा जाली प्रयोग गर्ने।
- घर मात्र होइन, छिमेकी क्षेत्र पनि सफा राख्ने।
- साप्ताहिक सरसफाइ अभियान चलाउने।
- बच्चा, वृद्ध, गर्भवती र बिरामीहरूमा विशेष ध्यान दिने।















प्रतिक्रिया दिनुहोस्