
भूमे गाउँपालिका –६ को महत गाउँको चौताराको आँगनमा दुई जना वृद्ध महिला बसिरहेका छन्।एउटा हातमा मोबाइल, अनुहारमा उज्यालो मुस्कान देखिएको छ।फोनको पर्दामा देखिएको अनुहार उनीहरूका लागि टाढा परदेशिएको परिवार हो।तस्बिरमा हेर्दा देख्न सकिन्छ “ए छोरा, कस्तो छस् त त्यहाँ ?”
गाउँलेका लागि सामान्य जस्तो लाग्ने यो दृश्य, वास्तवमा गाउँको बदलिँदो कथा हो।एक समय चिठी कुरेर बस्नुपर्ने आमाहरू, अब भिडियो कलमा छोरासँग हाँसी–हाँसी कुरा गर्छन्।प्रविधिको यो पहुँचले रुकुमपूर्वको दुर्गम गाउँका जीवनमा गहिरोपरिवर्तन ल्याएको छ।केही वर्षअघि फोनको नेटवर्क नपुग्ने गाउँमा अहिले इन्टरनेट छ, भिडियो कल छ, अनि आमाहरूको अनुहारमा मुस्कान पनि देखिएको छ।
“पहिल्यै त चिठी लेख्न पनि अरूसँग हात जोर्नुपर्थ्यो, अहिले त छोराको मुख हरेक साझ बिहान देख्न पाइन्छ,” ७७ वर्षकी चौरासरी सुनाले बताउनुभयो।संचारको सहजताले उनीहरूका लागि विदेशमा रहेका सन्तानहरू टाढा छैनन् भन्ने अनुभूति दिएको छ।महत गाउँ मात्र होइन, रुकुम पूर्वका धेरै गाउँहरूमा अब आमाबुबा मोबाइलको स्क्रीनमा आफ्ना सन्तानका हरेक खुसी बाँड्न थालेका छन्।
















प्रतिक्रिया दिनुहोस्