२०८३ बैशाख ५ गते शनिवार

काँडामा स्तनपान सम्बन्धी एकदिने जनचेतनामुलक कार्यक्रम सम्पन्न



रुकुमपूर्वको भूमे गाउँपालिका –४, काँडास्थित स्वास्थ्य चौकीमा स्तनपान सप्ताह २०२५ अगस्ट १ देखी ७ सम्म को अवसरमा एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।स्वास्थ्य कार्यालय, रुकुमपूर्वको आयोजनामा, भूमे गाउँपालिकाको समन्वय तथा मिक नेपाल/सम्बोधन परियोजनाको सहयोगमा कार्यक्रम गरिएको हो।कार्यक्रममा गर्भवती तथा सुत्केरी महिलाहरूको सक्रिय सहभागिता रहेको थियो।

जनस्वास्थ्य निरीक्षक यादव प्रसाद शर्मा र काँडा स्वास्थ्य चौकी प्रमुख चन्द्रशेखर परियारले स्तनपान सम्बन्धी विषयमा मौखिक र प्रयोगात्मक विधिबाट जानकारी दिनुभएको थियो।पूर्ण स्तनपान, स्तनपान गराउने तरिका, सही आसन र स्तनपानबाट आमा र शिशुलाई हुने फाइदाबारे सहभागिहरूलाई अवगत गराएको मिक नेपाल/सम्बोधन परियोजनाको प्राविधिक अधिकृत मदन शर्माले बताउनुभयो।कार्यक्रममा सहभागीहरुलाई अपेक्षा संकलन गरी कार्यक्रमको विषयवस्तु तयार पारिएको र समापनतर्फ सिकेका कुरा समिक्षा समेत गरिएको शर्माले बताउनुभयो।

वडा नम्बर ४ का वडाध्यक्ष स्यामप्रसाद बुढाले यस्ता कार्यक्रमले समुदायस्तरमा स्वास्थ्यप्रति चेतना फैलाउने भएकाले निरन्तर सञ्चालन हुनु आवश्यक रहेको बताउनुभयो।

सो कार्यक्रममा परियोजना संयोजक राजेश राना, सामाजिक परिचालकहरू जनप्रतिनिधि लगायत स्थानीयहरुको सक्रिय उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०८२ साउन २० गते मङ्गलवार