रुकुमपूर्वमा प्रथम खुल्ला तीज गीत प्रतियोगिता कार्यक्रम २०८२ भव्यताका साथ सम्पन्न भएको छ । हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नव प्रतिभाको प्रोत्साहन भन्ने मुल नाराका साथ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुमपूर्वकाे आयोजनामा सिस्ने गाउँपालिका ५ कमलदह नजिकै रहेकाे कर्मचारी मिलन केन्द्रको प्राङ्गणमा उक्त कार्यक्रम गरिएको हाे ।
तीज विशेष कार्यक्रममा प्रथम पुरस्कार राशी १५ हजार, द्वितीय पुरस्कार १० हजार र द्वितीय पुरस्कार ७ हजार रहेकाे आयाेजले जनाएको छ।प्रथम पुरस्कार सकुन्तला थापाको समुहले हात पारेको थियो । त्यस्तै द्वितीय बबिता रोकाको समुह, तृतिय पोखरेलि महिला समुह र सान्त्वना रुक्मिणी मावि समुह भएको आयोजकले जनाएको छ । साे प्रतियोगितामा जम्मा १८ टिम रहे पनि १६ टिमले सहभागीता जनाएका थिए ।
उक्त तीज विशेष कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमितिका अध्यक्ष पूर्णीमा सेन ठकुरीको अध्यक्षतामा सुरु भएको थियोे ।
जिल्ला समन्वय समिति रुकुम पूर्वका समन्वय प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियोे । जिसस उप-प्रमुख मोहोन बहादुर केसिको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै अतिथिहरुमा भूमे गाउँपालिकाका उपाध्यक्ष सबिना बुढामगर,राष्ट्रिय कलाकार सुमित्रा पुन मगर, कर्मचारी मिलन केन्द्र रुकुम पूर्वका अध्यक्ष गणेश बहादुर खडका, सिस्ने शिक्षा क्याम्पस रुकुम पूर्वका क्याम्पस संचालन समितिका अध्यक्ष हरिकृष्ण गौतम, नेकपा माओवादी केन्द्र रुकुम पूर्वका जिल्ला संयोजक कुमारी बराल, नेपालि काङ्ग्रेस रुकुम पूर्वका कार्यवाहक सभापति भिम बहादुर खडका, नेकपा समाजवादि पार्टी रुकुम पुर्वका अध्यक्ष भुवनेश्वर उपाध्याय, नेपाल पत्रकार महासंघ रुकुम पुर्वका उपाध्यक्ष बालाराम शेर्पाली,सचिव निराजन सिर्पाली, प्रेस सेन्टर नेपाल रुकुम पुर्वका अध्यक्ष जयमान बुढामगर, कान्ति भ्वाइसका संचालन किस्मत सिर्पाली लगायत राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमित रुकुम पूर्वका सम्पूर्ण पदाधिकारीहरु, समाजसेवी,पत्रकार, स्थानीय कलाकारहरुको पनि उपस्थिति रहेको कार्यक्रमको संचालन राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमित रुकुम पूर्वका सचिव उर्मिला गौतमले गर्नुभएको थियोे ।।











प्रतिक्रिया दिनुहोस्