२०८३ साउन १७ गते आइतवार

रुकुमपूर्वमा १ लाख २६ हजार ४ सय ५९ पशुको उपचार



रोगबाट बचाउनका लागि रुकुमपूर्व गत आर्थिक वर्षमा १ लाख २६ हजार ४  सय ५९ वस्तुभाउलाई खोप लगाइएको छ। एकीकृत पशु पन्छि विकास कार्यालय रुकुमपूर्वले जिल्लाका ३ वटा गाउँपालिकाको ३१ वटा वडामा प्राबिधिक खटाएर विभिन्न रोग विरुद्धको खोप नागिरकको घर आगनमा नै पुगेर सेवा दिएको हो।

कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुर लगायतका पशुलाई खोप लगाइएकोएकीकृत पशु पन्छि विकास कार्यालय रुकुमपूर्वका प्रमुख डिल्लीराज पौडेलले जानकारी दिनुभयो।पशुपंछी उपचार २६ हजार ६सय १ गरिएको छ।माइनर सर्जिकल ३ सय ६४ , गाइनोक्लोजिक उपचार २ सय ४५,बन्धायकरण ४ सय ३०, आन्तरिक परजिवि ५६ हजार ८ सय ५८, बाह्य परजिवि ४१ हजार ९ सय ६१ पशुले सेवा पाए छन्।जिल्लामा कुल २ लाख ४० हजार ३ सय ७७ पशुन्छीको संख्या रहे पनि १ लाख २६ ४ सय ५९ पशुले सेवा पाउँदा ५२ प्रतिशत भन्दाबढी रहेको छ।

पि.पि.आर खोप २३ हजार ३ सय भेडा बाख्रा गाई/गोरुलाई खोरेत ९ हजार ५ सय ४, लम्पी स्किन १ हजार ४ सय  र कुकुरलाई रेविज २ सय ४८ भने सुगुर बंगुरलाई स्वाईन फिवर १ हजार ७० लाई लगाएको बताईएको छ।भूमे गाउँपालिकामा पशु सेवा केन्द्रमा कार्यरत प्राविधिकहरु धेरै जसो किसानकै घरदैलोमा देखिन्छन।किसानहरुले पालेका पशुपन्छीहरुको उपचार गर्न घर आँगन मै गएर उपचार गर्न ब्यस्त छन्।किसानहरुका धेरै जस्तो समस्याहरु घरमै पुगेर समानधान गरेका छन।कृषि क्षेत्रको अभिन्न अंगको रुपमा रहेको पशुपालन व्यवसायमा उत्पन्न हुने निराकरण गरि व्यवसायलाई व्यवसायिक बनाउन दौडधुप गरिरहेको  गाउँपालिका पशु शाखामा कार्यरत गंगबुढ थापाले बताए।उपचारका लागि मात्र नभई पशुपालनको महत्त्व बुझाउनका लागि गाउँ गाउँमा जाने गरेको थापाले बताए।पशु सेवाका प्राविधिकहरु प्रत्येक वडाको गाउँ गाउँमा जाने र किसानको सेवा गर्ने गरेका छन।यसरी किसानको सेवा गर्दा खुसी लाग्ने प्राविधिकहरुले बताएका छन।सबै गाउँमा सडकको पहुच भन्दा टाढा भएको हुदा फिल्ड जादा समस्या हुन्छ आज भोली त बर्षात सुरु भए संगै  बाढी पहिरो खोला  तरेर  जानु पर्ने चुनौती रहेको छ।कतै दिनभर पैदल हिडेर पनि नपुग्ने गाउँहरु छन।

प्रकाशित मिति : २०८२ भाद्र ११ गते बुधवार