लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वमा एक वर्षको अन्तरालमा ६३ हजार ८ सय ६७ किलोभन्दा बढी जडिबुटी संकलन हुदाँ करिब १९ लाख रुपैयाँ राजस्व संकलन भएको छ।लुम्बिनी प्रदेश सरकार अन्तर्गतको डिभिजन वन कार्यालय, रुकुम (पूर्व भाग) ले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा ३६ प्रकारका जडिबुटी संकलन र बिक्री वितरण भएको हो।
सबैभन्दा बढी राजस्व दिने जडिबुटीमा यार्चागुम्बा अग्रस्थानमा छ।जम्मा १७.३ किलो मात्र संकलन भए पनि प्रतिकिलो ३१ हजार दरले बिक्री हुँदा करिब ५ लाख ३६ हजार ३ सय रुपैयाँ राजस्व उठेको डिभिजन वन कार्यालय रुकुमपूर्वका कार्यालय प्रमुख गणेश बहादुर खड्काले जानकारी दिनुभएको छ।यसबाहेक जटामसी, , रातो च्याउ, चिराइतो, अमला, कटुकी, भुत्ले, पाँचऔले, रातोच्याउ, गुच्ची च्याउ, सर्केली, सेतक चिनी, सोमलता, पदमचाल, साधारण च्याउ, दालचिनीको बोक्रा, अमला, अल्लो, पावन बोक्रा, पाखनबेद, रिठा, टिमुर, भिर मह, चिराइतो, लहरे गुर्जो लगायत विभिन्न प्रजातिका जडीबुटी पाइने गरेको खड्काले बताउनुभयो।
सामुदायिक वन उपभोक्ता समूहमार्फत संकलन भएका जडिबुटीले ग्रामीण भेगका घरधुरीलाई आम्दानी दिलाएको छ।भने यसले प्रदेश र स्थानीय सरकारलाई समेत राजस्वमार्फत योगदान पुर्याएको बताईएको छ।रुकुमपूर्वमा जडिबुटीको सम्भावना ठूलो भए पनि चोरी निकासी, डढेलो, जलवायु परिवर्तन, बस्तुभाउ चरिचरण र संकलनकर्ताको होडबाजीले अपेक्षा अनुसार नतिजा आउन नसकेको खड्काले बताउनुभयो।यी चुनौतीलाई न्यूनीकरण गर्न सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका सब-डिभिजन कार्यालयमार्फत समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको खड्काको भनाई छ।रुकुमपूर्व जडिबुटीको भण्डारका रूपमा चिनिन्छ।यहाँको जडिबुटीले राज्यलाई राजस्व त दिलाइरहेको छ तर स्थानीय समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी सन्तुलित व्यवस्थापन अझै जरुरी देखिन्छ।














प्रतिक्रिया दिनुहोस्