रुकुमपूर्व । लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वलाई अर्गानिक जिल्लाको पहिचान थप सुदृढ गर्न कृषि,पशुपालन तथ्याङ्क व्यवस्थापनसम्बन्धी दुई दिने अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ।
एकीकृत तथा पशुपंछी विकास कार्यालयको आयोजनामा सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाका कृषि प्राविधिकहरूको सहभागिता रहेको सो गोष्ठी बिहीबार र शुक्रबार दुई दिनसम्म सञ्चालन गरिएको थियो। बिहीबार पशुपालन क्षेत्रका तथ्याङ्क र आगामी रणनीति विषयमा छलफल भयो भने शुक्रबार कृषि क्षेत्रमा केन्द्रित रहेर तथ्याङ्क संकलन, अभिलेखन र योजनाबारे गहन छलफल गरिएको हो।
कार्यालयका प्रमुख डिल्लीराज पौडेलका अनुसार, जिल्लाभरका विभिन्न गाउँ–बस्तीमा कुन क्षेत्रमा कुन बाली उत्पादन हुने भनेर पकेट क्षेत्र घोषणा गरिसकिएको छ। “अर्गानिक जिल्ला घोषणापछि रुकुमपूर्वको कृषि, पशुपालन क्षेत्रले नयाँ सम्भावना देखाएको छ। तथ्याङ्क व्यवस्थापन र रणनीतिले उत्पादन वृद्धिमा टेवा पुर्याउने लक्ष्य रहेकाे पाैडेलले बताउनुभयाे।
गत आर्थिक वर्षको तथ्याङ्कसँग तुलना गर्दा यस वर्ष उत्पादनमा भएको वृद्धि वा कमीबारे विस्तृत डाटा तयार गरिएको कार्यालयले जनाएको छ। कार्यक्रममा सरोकारवालाले तथ्याङ्कलाई व्यवस्थित र पारदर्शी बनाउन आधुनिक प्रविधि र डिजिटल प्रणालीको प्रयोग गर्नुपर्ने सुझाव राखेका थिए।














प्रतिक्रिया दिनुहोस्