२०७९ सालमा नेकपा एमालेकाे समानुपातिक सूचीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित हुनु भएको मननीय सरिता पुनमगरकाे निधन भएको छ।
शनिबार काठमाडौंमा उपचारकै क्रममा निधन भएको लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले जानकारी दिएका छन्।
पुनमगर लुम्बिनी प्रदेशसभामा अर्थ, पर्यटन तथा विकास समितिकी सदस्य समेत रहनु भएको थियाे।
प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
















प्रतिक्रिया दिनुहोस्