भूमे गाउँपालिका–६ महतस्थित महत प्रहरी चौकीमा गाउँपालिकाको आर्थिक सहयोगमा तीनवटा सिसिटिभी (CCTV) क्यामेरा जडान गरिएको छ। गाउँपालिकाले सार्वजनिक सुरक्षा सुदृढीकरण गर्ने उद्देश्यले प्रहरी चौकीलाई उक्त उपकरण उपलब्ध गराएको हो।
प्रहरी चौकीका इन्चार्ज तुलसिराम चौधरीका अनुसार सिसिटिभी जडान भएपछि गाडी तथा मोटरसाइकलको गतिविधि नियमन गर्न सहज हुने बताउनुभयो । रातको समयमा लापरबाहीपूर्वक हिँड्ने व्यक्तिहरूलाई निगरानीमा ल्याउन पनि सुविधा पुग्ने चाैधरीले बताउनुभयो।
सिसिटिभीले अपराध नियन्त्रणमा मात्र होइन, घटनाकाे अनुसन्धानमा पनि ठोस प्रमाण जुटाउन सहयोग पुर्याउने बताउनुभएको छ।सुरक्षामा प्राथमिकता दिएको भन्दै गाउँपालिकाप्रति आभार व्यक्त गर्नुभएकाे छ।
प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार
















प्रतिक्रिया दिनुहोस्