२०८३ कार्तिक १२ गते बुधवार

भूमेमा लोकसेवा र आधारभूत कम्प्युटर कक्षा निरन्तर



भूमे गाउँपालिकाले विगतका वर्षदेखि नै स्थानीय युवाहरूलाई लक्षित गरी लोकसेवा आयोग तयारी कक्षा र आधारभूत कम्प्युटर तालिम सञ्चालन गर्दै आएको छ।गाउँपालिकाको वार्षिक कार्ययोजना अन्तर्गत सञ्चालन हुने यो कार्यक्रमले ग्रामीण भेगका विद्यार्थी, शिक्षक तथा रोजगारी खोजिरहेका युवालाई ठूलो अवसर प्रदान गर्दै आएको छ।गाउँपालिकाका अनुसार, नि:शुल्क रुपमा उपलब्ध गराइने लोकसेवा तयारी कक्षाबाट धेरै युवाहरू लाभान्वित हुँदै आएका छन्।सो कक्षामा सहभागी भएकामध्ये कतिपयले विभिन्न सरकारी सेवामा प्रवेश पाइसकेका छन् भने कतिपयले अझ थप अध्ययन र तयारीलाई निरन्तरता दिइरहेका छन्।

यस्तै, आधारभूत कम्प्युटर तालिमले युवाहरूलाई सूचना प्रविधि सिक्न र दैनिक जीवनयापन तथा रोजगारीमा आवश्यक सीप हासिल गर्न मद्दत पुर्‍याएको छ।गाउँपालिकाले कक्षा सञ्चालनका लागि योग्य प्रशिक्षक परिचालन गर्दै आएको छ।गाउँपालिकाले जारी गरेको सूचनामा भनिएको छ, “शिक्षा र सीप अभिवृद्धि नै ग्रामीण क्षेत्रको विकासको आधार हो, त्यसैले पालिकाले निरन्तर रुपमा युवाहरूलाई सक्षम बनाउने कार्ययोजना अघि बढाउँदै आएको छ।”

गाउँपालिकाले पालिकाभित्रका सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर कक्षा ल्याईएको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताउनु भएको छ।शिक्षामा समानताको कुरा गरिए पनि विद्यार्थीलाई अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन् यो निरास जनक विषय हो।कतिपय विद्यार्थीले भने निजी तालिम केन्द्रमा गएर कम्युटर सिक्दा विद्यार्थीले महँगो शुल्क तिनुपर्ने बाध्यता संगै रुकुमकोटमा कोठा भाडा लिएर कम्त्युटर पढ्ने विद्यार्थीको पिडालाई बुझेर दक्ष जनशक्ति उत्पादन गर्न गाउँपालिकाले लोकसेवा  र निःशुल्क कम्त्युटर पढाउने योजना बनाईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

आगामी दिनमा पनि आवश्यकताअनुसार तालिम र तयारी कक्षा निरन्तर गर्ने गाउँपालिकाको प्रतिबद्धता रहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार