२०८३ कार्तिक १२ गते बुधवार

सिमामा अखिल क्रान्तिकारीद्वारा मावि मूल इकाई समिति गठन



नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन भूमे गाउँपालिका–३, सिमास्थित शहिद शुक्र माध्यमिक विद्यालयमा मावि मूल इकाई समिति गठन गरेको छ।

बचन पुनको अध्यक्षतामा ५१ सदस्यीय समिति गठन गरिएको समितिमा उपाध्यक्षमा भागी रोका र दिलमान सुनार, सचिवमा सरिता शेर्पाली, सहसचिवमा उर्मिला सुनार र कोषाध्यक्षमा आशिक पुन चयन भएका छन्।

समितिलाई शुभकामना दिदै अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले विद्यार्थी आन्दोलनलाई विद्यालय तहसम्म विस्तार गर्नु संगठनको रणनीतिक कदम भएको बताउनुभएकाे छ।“विद्यार्थी हकहित र शैक्षिक गुणस्तरका सवालमा अखिल क्रान्तिकारी सधैं अग्रपंक्तिमा रहेकाे रसाइली बताउनुभयो ।

प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार