रुकुमपूर्वमा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति समीक्षा तथा स्थानीय तहहरूसँग असल अभ्यास अनुभव आदानप्रदान कार्यक्रम आजदेखि सुरु भएको छ । जिल्ला समन्वय समिति रुकुमपूर्वको आयोजनामा दुई दिनसम्म चल्ने यो कार्यक्रम सिस्ने गाउँपालिका–६ छिप्रीदहस्थित मल्ल होटलको हलमा भइरहेको छ ।
कार्यक्रमको अध्यक्षता जिसस प्रमुख मेघबहादुर श्रेष्ठले गर्नुभएको छ भने प्रमुख अतिथिमा लुम्बिनी प्रदेशसभा सदस्य माननीय सुरुल पुनमगर रहनुभएको छ । कार्यक्रममा जिसस उपप्रमुख मोहनबहादुर केसी, पुथाउत्तरङ्गा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती मगर, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी तथा प्रमुख जिल्ला अधिकारी सीता परियार विशेष अतिथि रहनुभएको छ ।
त्यस्तै, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको छ ।
कार्यक्रम भोलि भदौ २४ गतेसम्म चल्नेछ । यस अवधिमा जिल्लास्थित विभिन्न कार्यालयहरूले आफ्ना वार्षिक गतिविधि प्रस्तुत गर्ने र स्थानीय तहबीच आपसी अनुभव आदानप्रदानमार्फत आगामी दिनमा अझ प्रभावकारी ढंगले काम गर्ने विषयमा छलफल गरिने अन्वेषण खबर डटकमसंग जिल्ला समन्वय समितिकाे सचिवालयले जनाएको छ।











प्रतिक्रिया दिनुहोस्