जिल्लाकाे भूमे गाउँपालिका–३ स्थित शहिद शुक्र माध्यमिक विद्यालयले ५९औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस विविध कार्यक्रमसहित भव्यताका साथ मनाएको छ।सेप्टेम्बर ८ (भदौ २३) का दिन विद्यालयले विद्यार्थीहरूको सिर्जनशीलता प्रदर्शन गर्ने उद्देश्यसहित खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला, नाटक तथा चित्रकला प्रतियोगिता लगायतका गतिविधि सञ्चालन गरेको थियो।
चित्रकला (कक्षा १–३): कुसल बि.क प्रथम, समयुक रोका द्वितीय, रिजल पुन तृतीय, इमेज पुन सान्त्वना भएका हुन।यस्तै चित्रकला (कक्षा ४–५): एन्जोल पुन प्रथम, सन्दीप बि.क द्वितीय, प्रवेश पुन तृतीय, रिदम पुन सान्त्वना भएका छन्। हाजिरीजवाफ तर्फ (कक्षा ६–८): सगरमाथा सदन प्रथम, अन्नपूर्ण सदन द्वितीय, धौलागिरी सदन तृतीय, सिस्ने सदन सान्त्वना भएको हाे।
वक्तृत्वकला (कक्षा ६–८): आयुस सुनार प्रथम, निकेश शाह द्वितीय, अनुजा रोका तृतीय, कोपिला पुन सान्त्वना भएका हुन। भने वक्तृत्वकला (कक्षा ९–१२): सरिता शेर्पाली प्रथम, महिमा पुन द्वितीय, वर्षा रोका तृतीय, रुष्टम शेर्पाली सान्त्वना भएको विद्यालय स्राेतले जनाएको छ।
यस्तै कक्षा ९–१० का विद्यार्थीहरूले नाटक प्रस्तुत गरेका थिए भने कक्षा १२ का विद्यार्थीहरूले नृत्य प्रस्तुत गरी दिवसलाई झनै रंगिन बनाएकाे थियाे।
कार्यक्रमको अध्यक्षता विद्यालयका प्रधानाध्यापक अनिल आचार्यले गर्नुभयो थियाे। भने प्रमुख अतिथि वडा अध्यक्ष प्रशुराम बुढा र विशेष अतिथिमा वडा सचिव सुरेश कुमार साही उपस्थित रहेकाे थियाे।











प्रतिक्रिया दिनुहोस्