२०८३ साउन १३ गते बुधवार

भूमे ३ मा तेस्रो वडा स्तरीय आधारभूत रनिङ शिल्ड प्रतियोगिता सुरु



६१औँ बालदिवसको अवसर पारेर भूमे गाउँपालिका –३ द्वारा आयोजित तेस्रो वडा स्तरीय आधारभूत रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन शुक्रबार सहिद वासु स्मृति नमुना आधारभूत विद्यालय क्यासीमा भएको छ।उक्त उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान्देउ रोकाको अध्यक्षतामा कार्यक्रम सुरु भएको हो।कार्यक्रममा प्रमुख अतिथि भूमे गाउँपालिकाका अध्यक्ष तथा माओवादी पार्टीका वैकल्पिक केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठले रिवन कातेर उद्घाटन गर्नुभएको हो।

गाउँपालिका अध्यक्ष श्रेष्ठले बालअधिकार र बालदिवसको महत्वमा जोड दिनुभएको छ।बालबालिका राष्ट्रका आधारस्तम्भ हुन्।उनीहरूको शिक्षा, खेलकुद र सिर्जनशीलतालाई प्रोत्साहन नगरी समृद्ध समाज निर्माण सम्भव हुँदैन।यस्ता प्रतियोगिताले विद्यार्थीमा आत्मविश्वास, सहकार्य र नेतृत्व क्षमताको विकास गर्छ।पालिकाले खेलकुदसँगै शैक्षिक प्रतिस्पर्धालाई निरन्तरता दिन प्रतिबद्ध जनाउदै।अध्यक्ष श्रेष्ठले सफलताको शुभकामना दिनुभएको छ।

विशेष अतिथि वडा अध्यक्ष पशुराम बुढाले प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने उल्लेख गर्दै,  आधारभूत स्तरको रनिङ शिल्ड आगामी दिनमा माध्यमिक स्तरसम्मको तयारी स्वरूप भएको बताउनु भएको छ।आधारभूत स्तरका विद्यार्थीलाई प्रतियोगितामुखी बनाउने लक्ष्यले वडा कार्यालयले हरेक वर्ष वडा स्तरीय रनिङ शिल्ड सञ्चालन गर्दै आएको बताउनुभयो।

स्तै अतिथि अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले कार्यक्रममा शुभकामना दिँदै, आज देश सुस्ताइरहेको छ।यसलाई सचेत र क्रान्तिकारी जनशक्तिले उठाउनु आवश्यक रहेको बताउनुभयो।वडा कार्यालय ले सुरु गरेको सो प्रतियोगिता सराहनीय भएको बताउनुभयो।खेलकुदले अनुशासन, आत्मविश्वास र एकताको भावना जगाउँने बताउनु भएको हो।

विद्यालयका शिक्षक डिकेन्द्र शाहका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्तर्गत ४ सय  मिटर रिले, १०० मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटपुट, भलिबल (छात्र–छात्रा दुवै), साथै शैक्षिक तर्फ हाजिरीजवाफ, वक्तृत्वकला, हिसाब दौड र मेमोरी गेमका विभिन्न विधामा प्रतिस्पर्धा हुने जानकारी दिनुभएको छ।उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि र गाउँपालिकाको कर्मचारहरुको उपस्थिती रहेको थियो।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार