२०८३ कार्तिक १२ गते बुधवार

तेस्रो वडा स्तरीय रनिङ शिल्डको उपाधी शहिद वासु स्मृति नमुना क्याङ्सीले उचाल्यो



६१औँ बालदिवसको अवसर पारेर भूमे गाउँपालिका –३ द्वारा आयोजित तेस्रो वडा स्तरीय आधारभूत रनिङ शिल्ड प्रतियोगिताको उपाधी शहिद वासु स्मृति नमुना विद्यालय क्याङ्सीले ७ स्वर्ण हात पारेको छ।

भदौ २७ शुक्रबार देखि २९ गतेसम्म सहिद वासु स्मृति नमुना आधारभूत विद्यालय क्यासीमा सुरु भएको थियो।उद्घाटन समारोहमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भान्देउ रोकाको अध्यक्षतामा भूमे गाउँपालिकाका अध्यक्ष तथा माओवादी पार्टीका वैकल्पिक केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठले रिवन कातेर उद्घाटन गर्नुभएको थियो।

वडा कार्यालयले आयोजना गरेको तेस्रो वडा स्तरीय आधारभूत तहको रनिङ शिल्डमा वडा भित्रका ४ वटा विद्यालय सहभागी भएका थिए।जसमा शहिद वासु स्मृति नमुना विद्यालय क्याङ्सीले स्वर्ण ७ रजत ५ र कास्य २ लिएर शिल्ड हात पारेको हो।यस्तै क्याङ्सीलाई पछ्याउदै टक्सार आधारभूत विद्यालय झुम्लावाङले ३ स्वर्ण २ रजत ६ कास्य लिएर द्धृतीय भएको छ।शहिद शुक्र मा वि सिमाले २ स्वर्ण ५ रजत ४ कास्य लिदै तेस्रो स्थान प्राप्त गर्दा २ स्वर्ण २ रजत २ कास्य लिएर नमुना आधारभूत विद्यालय मोराबाङ्ले सानत्वना स्थान हात पारेको छ।

विद्यालयका शिक्षक डिकेन्द्र शाहका अनुसार प्रतियोगितामा एथलेटिक्स अन्तर्गत ४ सय मिटर रिले, १०० मिटर दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सटफुट, भलिबल (छात्र–छात्रा दुवै), साथै शैक्षिक तर्फ हाजिरीजवाफ, वक्तृत्वकला, हिसाब दौड र मेमोरी गेमका विभिन्न विधामा प्रतिस्पर्धा भएको हो।

प्रकाशित मिति : २०८२ भाद्र २९ गते आइतवार