
हुम्ला – चारैतिर चाँदी जस्तै टल्कै टल्किने हिमालहरू हिमालकाे काँख पुरना परम्परागत घर । घरका छतहरूमा हिउँद महिनामा पशुवस्तुलाई खुवाउन राखिएका घाँस। याे नाम्खा गाउँपालिका-४ काे चाला गाउँकाे दृश्य हाे । बिहानै उठने बितिकै दुलही लजागर घुम्टाेले झपक्कै छाेपिएकाे जस्तै हिउँले छाेपिएकाे सैपाल हिमाल आँखा अगाडि ठिङै उभिएको छ। हिमालकाे हिँउले चालाबासी आफुलाई गर्वकाे महसुस गर्छन। सैपालकाे काँखैमा रहेकाे चाला गाउँका स्थानीयलाई त्यतिकै सताएको छ। मंसिर,पुस महिनामा हिमाली क्षेत्रमा बाक्लाे हिमपात भएपछि यहाँ नागरिकहरूलाई यताउता आउजाउ गर्न समस्या हुने गर्छ। बाक्लाे हिमपातले यहाकाे नागरिककाे जनजिवन प्रभावित हुने गर्छ। नाम्खा गाउँपालिका- ४ का वडा सदस्य साेनाम दाेर्जी तामाङ लाई गाउँपालिकाकाे बैठक भएपछि उनलाई सुचना समेत थाहा नहुने गरेकाे बताए। दुई घण्टाकाे टाढा पुगेर सञ्चारकाे पहुँचमा जाेडिने गरेकाे तामाङको भनाई छ।
गाउँभन्दा बाहिर गएका आफन्तसँग फोन गर्न दुई घण्टा टाढा पुगेर कुराकानी गर्दै आएको स्थानीय छिरिङ तामाङले बताइन्। काठमाडौंमा अध्ययनरत बच्चाबच्चीसँग कुरा गर्न समस्या हुने गरेको तामाङको भनाइ छ। ‘नत सञ्चार छ नत गुणस्तरीय स्वास्थ्य सेवा नै छ। हामी चालाबासी राज्यबाटै पछाडि परेका छौं,’ तामाङले भनिन।

चाला गाउँ
गाउँमा सञ्चारको पहुँच नुहुँदा चालाबासी बर्सेनि समस्या झेल्न बाध्य भएको स्थानीय टोपछिरिङ लामाले बताए।जिल्ला बाहिर गएका आफन्तसँग कुराकानी गर्न दुई घण्टा टाढा अग्लो स्थानमा पुग्न पर्ने बाध्यता रहेको लामाले बताए। गाउँमा कोही स्थानीय बिरामी हुँदा समेत कठिनाइ हुने उनको भनाइ छ।
गाउँमा झण्डै ३५ घरधुरी सञ्चारविहीन छन्। कसैले चाला गाउँको विषयमा चासो चिन्ता देखाएको उनले दुखेसो छ। ‘निर्वाचनको समयमा भोट बैंकका रुपमा चाला गाउँलाई प्रयोग गर्ने गर्छन्।
अर्को हुम्लाको दक्षिण क्षेत्रमा रहेकाे बाजुरा जिल्लासँग जाेडिएकाे ताजाकाेट गाउँपालिका -३ मासपुर गाउँका नागरिक बर्सेनि सञ्चारबाट पिरोलिएका छन। राज्यको यहाँ नागरिकलाई वेवास्ता गर्दैँ आएकाे ताजाँकाेट गाउँपालिका-३ मासपुर गाउँका केशबहादुर राेकायाले बताए। यहाँका नागरिककरूकाे विषया कुनै पाटीका नेताहरूले चासाे नदिएको बताए। हुम्लाका अधिकाश गाउँहरूमा सञ्चारकाे पहुच पुगेका छन तर उत्तरी नाम्खा गाउँपालिका-४ काे चाला गाउँ र दक्षिण ताजाकाेट गाउँपालिका -३ मासपुर गाउँका नागरिकहरू अझै सञ्चारविहिन छन। हुम्लाका दुई दुर्गम गाउँ वर्षौंदेखि सञ्चार सेवाबाट पिरोलिँदै गएको छ।
















प्रतिक्रिया दिनुहोस्