
साङ्केतिक तस्बिर
हुम्लाकाे सिमकाेट गाउँपालिका-४ कुरिल्लामा बाेलेराे जिप दुर्घटना भएकाे छ।कर्णाली प्रदेश- ०२००१ च ०२०८ नम्बरको बाेलेराे जीप दुर्घटना भएकाे हाे।
जिप दुर्घटनामा परि दुई जना घाइते जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।घाइते हुने सर्केगाड गाउँपालिका-२ का ३५ वर्षिय सुनमती कार्की २५ वर्षिय जनक कार्की घाइते भएकाे जिल्ला प्रहरी कार्यालयका डिएसपी शकर पाेखरेलले बताए।
बेक्रफेल भएर बाेलेराे जिप दुर्घटना भएकाे डिएसपी पाेखरेलले बताए। १३ जना बाेलेराे जीपमा सवार रहेका थिए।साङ्केतिक तस्बिर साङ्केतिक
प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार















प्रतिक्रिया दिनुहोस्