२०८३ बैशाख ५ गते शनिवार

रुकुमपूर्वमा सार्वजनिक यातायातको नयाँ भाडादर तोकियो



रुकुमपूर्व जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर पुनःनिर्धारण भएको छ। जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा मंगलबार बसेको बैठकले नयाँ भाडादर तोकेकाे हाे।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख मेघबहादुर श्रेष्ठ, भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगर, प्रशासकीय अधिकृत ध्रुव विक, डिएसपी उमाशंकर प्रसाद यादव, चण्डिदल गण गुल्मका प्रमुख शर्मिला रेग्मी, सशस्त्र प्रहरीकाे प्रमुख संगित भट्ट, सिस्ने यातायात प्रालिका इन्चार्ज ववि कुमार चन्द, रुकुमकोट यातायात प्रालिका अध्यक्ष लक्ष्मण घर्तीमगर र इन्चार्ज सनम गौतम, उद्योग वाणिज्य संंघ रुकुमपूर्वका अध्यक्ष केवेन्द्र गाैतम,अटो व्यवसायी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि सहभागीमा चर्काे भाडाकाे दर निर्धारण गरिएको हाे।

अक जिल्लाभित्र सञ्चालन हुने सबै सार्वजनिक सवारी साधनले तोकिएको भन्दा बढी भाडा लिन नपाउने भएका छन्।भने भाडा दर स्पष्ट देखिने गरी सवारी भित्र अनिवार्य टाँस्नुपर्ने  निर्देहन दिएकाे बताईएको छ।त्यस्तै, यात्रु सेवामा क्यू प्रणाली लागू गर्ने र गाडीहरूले टाइम कार्डसहित सेवा दिनुपर्ने व्यवस्था गरिएको प्रजिअ परियारले जानकारी दिनुभयो।सार्वजनिक यातायात सबै नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकोले यात्रुहरूलाई सहज सेवा उपलब्ध गराउन नयाँफभाडादर लागू गरिएकाे परियारलाई बताउनुभयो ।

कनु रुढमा कति छ भाडादर

क्रमश रुकुमकाेट खाेपिचार ९० रुपैयाँ ,धपेसम्म २ सय ५०, पाेखरा २ सय , दाडिङ तीन सय , देउखाेला दुई सय २० रुपैयाँ , डालिबाङ र सेरावाङ दुई सय रुपैयाँ ,माेराेवाङ र झुम्लाबाङ दुई सय ८० रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै धाैलापहिरा ५० रुपैयाँ, दाेमही , १ सय खावाङबगर १ सय ८०, काँक्री दुई सय २०, चुनवाङ ५ सय , महत २ सय ५० , धर्मशाला तीन सय , पातिहाल्ना ४ सय , क्यावाङ पाचँ सय, काेल र तकसेरा ६ सय ताेकिएकाे हाे।

यस्तै क्रमश : राङ्सी ६ सय ८० ,विर्गुम ६ सय ५० , नयाँबजार ७ सय ५० , गह्र ९ सय ५० , हुकाम १ हजार ,मैकाेट १ हजार १ सय , लुगुम २ सय ८०, सिमखाेला २ सय ५० ,नाखा ७ सय ५० जामाबगर ८ सय , धाउने एक सय , साकिम १ सय ५०, नाथिगार १ सय ५०, सिशाघारी १ सय १० र जितखाेला १ सय ४० रुपैयाँ भाडा दर निर्धारण गरिएको हाे।

उता यातायात व्यवसायीहरूले भने इन्धन मूल्य वृद्धि, सवारी मर्मत खर्च र सडकको अवस्था जस्ता कारणले नयाँ दरले घाटा बेहोर्नुपर्ने तर्क गरेका छन्। “यात्रुलाई सहज चाहिन्छ भन्ने हामीलाई थाहा छ, तर पेट्रोल, डिजेल महँगो छ। सडक बिग्रिएको बताएका छन्।भने नयाँ भाडादर लागू भए पश्चात् दैनिक रुकुमकाेटसम्म आउजाउ गर्ने यात्रुलाई  सहज हुने भएको छ।

याे पनि हेर्नुहाेस

प्रकाशित मिति : २०८२ भाद्र ३१ गते मङ्गलवार