२०८३ बैशाख ५ गते शनिवार

युवाको जोसले देश फड्को मार्छ : युवा रसाइली



भूमे गाउँपालिका –९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा विज्ञान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारी रुकुमपूर्वका अध्यक्ष चन्द्र रसाइलीले युवाको जोसजागरले नै देशलाई फड्को मार्ने दाबी गर्नुभएको छ।

अहिले देश राजनीतिक शून्यतामा पुगेको भए पनि नयाँ पुस्ताको उत्साह र संघर्षले मुलुकलाई नयाँ दिशातर्फ डोरेर लैजाने विश्वास व्यक्त गर्नुभएकाे हाे। रसाइलीले दलाल पूँजीवादी र भ्रष्ट शक्तिलाई जेनजी आन्दोलनले तह लगाइरहेको स्मरण गर्दै युवापुस्ताले न्याय र परिवर्तनका लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभयो।

दस वर्षे जनयुद्धले ऐतिहासिक निर्णय गरेको भूमे–९ चुन्वाङ अझै पनि परिवर्तन र न्यायको प्रतीक रहेको उहाँको भनाइ थियो। उहाँले ठूला दल भनिने शक्तिहरूको कारण सिंहदरवारदेखि सर्वोच्च अदालत र सरकारी संरचनामा जनविश्वास गुमेको बताउनुभयो ।

आसन्न फागुन २१ काे चुवानलाई संकेत गर्दै रसाइलीले पुराना नेतामात्रैको वर्चस्व रहने परम्परा तोडिनुपर्ने र नयाँ पुस्तालाई नेतृत्व गर्ने अवसर दिनुपर्नेमा जोड दिनुभएकाे छ। युवा पुस्ताले अधिकार नपाए फेरि परिवर्तनकारी कदम चाल्नुपर्ने चेतावनी समेत दिनुभएकाे छ।

 

प्रकाशित मिति : २०८२ असोज १ गते बुधवार