नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य होमप्रकाश श्रेष्ठ (हिमाल) ले पार्टीभित्रको अस्तव्यस्तता चिर्दै एकताबद्ध हुन चेतावनी दिनु भएको छ।
सिस्ने गाउँपालिकाकाे सभालमा पार्टीको आज भएको संविधानको रक्षा तथा अन्तक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई लक्ष्यित गर्दै माओवादी भित्र नै कठोर प्रतिस्पर्धा हुने दाबी गर्नु भएको छ।
श्रेष्ठले पार्टीभित्र फैलिएका गुड–उपगुडलाई तत्काल सुधार नगरे संकट गहिरिने चेतावनी समेत दिनुभएको छ।जेनजी कुनै संगठन नभई अभियानयात्री मात्र भएको बताउनुभयो। युवाकाे मर्म र चाहानालाई बुझ्न नसेके पार्टी भित्र चुनाैती देखा नपर्ने बताउनुभयो ।
प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार











प्रतिक्रिया दिनुहोस्