२०८३ कार्तिक १२ गते बुधवार

प्रविधिले शिक्षामा ल्याएको प्रभाव तपाईं कसरी अनुभव गर्नुभएको छ ?



(प्रेम सुनार, शिक्षक, जनशक्ति मावि भूमे–४, काडा)

विश्व आज द्रुत सञ्चार र कृत्रिम बुद्धिमत्ता (AI) को पूर्वसन्ध्यामा प्रवेश गरिसकेको छ।मानव जीवन प्रविधीसँग निकट हुँदै गइसकेको छ र प्रविधि नै हाम्रो दैनिक जीवनको अभिन्न आवश्यकता बनेको छ।यस्तो अवस्थामा शिक्षा क्षेत्र प्रविधिबाट अछुतो रहनै सक्दैन।

गुणस्तरीय शिक्षा प्रदान गर्ने मुख्य आधार नै प्रविधि भइसकेको छ।समयानुकूल यसको प्रयोग गर्न नसक्दा अपेक्षित उपलब्धि हासिल गर्न नसकी समाज पछि परिरहेको छ।सामाजिक सञ्जाल वा प्रविधि आफैंमा गलत होइनन्, तर प्रयोगकर्ताको गलत प्रयोगले गलत धारणा फैलिरहेको छ। कतिपय विद्यालयहरूले मोबाइल, कम्प्युटर वा अन्य प्रविधि प्रयोगमा प्रतिबन्ध लगाउने अभ्याससमेत गरिरहेका छन्, जुन पूर्ण रूपमा अनुचित हो।

आजको AI युगमा परम्परागत शिक्षण–पाठन केवल उपदेशमा सीमित हुन्छ।यथार्थ त यो हो कि आज चेलाले पनि प्रविधिको सहायताले गुरुभन्दा अगाडि बढ्न सक्छ।किताब पढ्न मात्र सीमित नभई ज्ञान हासिल गर्ने प्रमुख आधार नै प्रविधि बनेको छ।तर अझै पनि कतिपय विद्यालयहरूमा प्रविधि प्रयोग गर्नेमाथि कारबाही हुने जस्ता कार्य भइरहेका छन्।नयाँ युग र पुराना संचालकबीचको यही अन्तर (ग्याप) ले शिक्षा क्षेत्रलाई पछि पारेको हो।

प्रकाशित मिति : २०८२ असोज ५ गते आइतवार