
आधुनिक स्वास्थ्य सुविधा गाउँगाउँमा पुगेको भनिए पनि रुकुमपूर्वका महिला अझै पनि जोखिम मोलेर घरमै बच्चा जन्माइरहेका छन्।गत आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म जिल्लाभर ८४ जना महिलाले स्वास्थ्य संस्था नपुगी घरमै बच्चा जन्माएको तथ्यांकले देखाएको छ।
जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकामा वडागत हिसाबले हेर्दा –२ मा मात्रै १२ महिला घरमै सुत्केरी भएका छन्। जुन जिल्लामै सबैभन्दा बढी हो।सोही गाउँपालिकाको वडा नम्बर ३ मा ९ जना, ५ नं. ३ जना, ६ नं. मा ४ जना र ७ मा ९ ना वडा नम्बर ९ मा भने १ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुकुमपूर्वका सूचना अधिकारी निम प्रसाद गिरीले जानकारी दिनुभएको छ।यस्तै वडा नं. १० मा १ जना, वडा नं.११ मा ८ जना , वडा नं. १२ मा १ जना र वडा नं. १३ मा १० जना गरी ५८ जना महिला घरमा सुत्केरी भएका हुन्।
जिल्लामा सबै भन्दाकम भूमे गाउँपालिकामा १० जना भएका छन्।वडा नं. १ लुगुममा ३ जना, वडा नं. २ काक्रीँमा १ जना , वडा नं. ३ मा १ जना भएका छन्।यस्तै वडा नं. ६ मा २ जना, वडा नं. ७ मा २ जना र वडा नं. ९ मा १ जना भएको गिरीले बताउनुभयो।
सिस्ने गाउँपालिकामा १६ महिलाले मध्य गाउँपालिकाको सबै भन्दा दुर्गम स्थान वडा नं. १ मा ४ जना भएका छन्।भने वडा नं. ४ मा ६ जना , वडा नं.६ मा २ र वडा नं.८ मा ४ जना भएका छन्।यसरी स्थानीय तहसम्म स्वास्थ्य चौकी, अस्पताल र प्रसुती सेवा विस्तार भए पनि महिलाले अझै घरमै बच्चा जन्माउन बाध्य हुनु जिल्लाको स्वास्थ्य क्षेत्रकै चुनौती बनेको छ।घरमै सुत्केरी हुने प्रचलन अझै पनि उच्च रहेको छ।ग्रामीण भेगमा पुरानो परम्परा अझै हावी छ, जसले महिलालाई स्वास्थ्य संस्थामा जानभन्दा घरमै बच्चा जन्माउन “ठीक” ठान्ने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।
भूगोल र भौतिक कठिनाइ बीच दुर्गमका गाउँ बस्तीमा स्वास्थ्य चौकी वा अस्पताल पुग्न घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको छ।भने गाउँमा सचेतनाको कमी र गर्भावस्था परीक्षण, प्रसुती तयारी र आपतकालीन सेवा आवश्यकताबारे पर्याप्त जानकारी नहुँदा पनि महिलाहरू घरमै बच्चा जन्माउने गरेको स्वास्थ्यकर्मी बताउँछन्।घरमै बच्चा जन्माउँदा आमा र नवजात दुवैको जीवन जोखिममा पर्न सक्ने विज्ञहरूको चेतावनी छ।रुकुमपूर्वमा ८४ महिला घरमै सुत्केरी हुनु केवल संख्या मात्र होइन, स्वास्थ्य क्षेत्रमा अझै सुधार गर्नुपर्ने ठोस संकेत हो।आमा र शिशुको जीवन सुरक्षित राख्न स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीच संयुक्त प्रयास अपरिहार्य देखिन्छ।
















प्रतिक्रिया दिनुहोस्