२०८३ कार्तिक १२ गते बुधवार

भूमेका वर्षाले अवरुद्ध ग्रामीण सडक धमाधम खुल्दै



भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ वर्षाले अवरुद्ध सडक खुलाउन प्राविधिक टोली र जेसिभीसहित फिल्डमा खटिँदै।

रुकुमपूर्व । निरन्तर वर्षाका कारण अवरुद्ध भएका ग्रामीण सडक धमाधम सुचारु गरिँदै छन्। भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठ स्वयं प्राविधिक टोली र जेसिभीसहित फिल्डमा खटिएर सडक सञ्चालन गराइरहनु भएको छ।

गाउँपालिकाको केन्द्रदेखि टाढा रहेका दुर्गम बस्तीमा सडक पुगे पनि वर्षायाम लागेसँगै आवतजावत अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। यस वर्ष पनि बाढी र पहिरोका कारण सडक यातायात ठप्प भएपछि स्थानीयवासीलाई सामान ढुवानीदेखि दैनिक आवतजावतमा ठूलो समस्या भएको थियो।नागरिकलाई असुविधा नहोस्, गुनासो नआओस् भन्ने उद्देश्यले सडक तत्काल सञ्चालनमा ल्याइएको हो।अध्यक्ष श्रेष्ठले अन्वेषण खबर संग कुराकानी गर्दै भन्नुभयाे।

गाउँपालिकाको प्राविधिक टोली र मेसिनरीसहितको टोलीले अहिले गाउँपालिकाको ९ वटै वडाभित्रका सडक मर्मत तथा सञ्चालनको काम भई रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो।

स्थानीयवासीले तत्कालै सडक सुचारु भएपछि राहतको अनुभव गरेको बताएका छन्। वर्षायाम सुरु भएपछि रुकुुमपूर्वका दर्जनौं सडक करिब ३ महिना बन्द रहेकाे थियाे।गाउँपालिका अध्यक्ष आफैं फिल्डमा खटिएर काम गरिरहेको देख्दा आशा पलाएको नागरिकले बताएका छन्।

सडक सञ्चालनसँगै दुर्गम बस्तीमा उपभोग्य सामग्री, खाद्यान्न र औषधि ढुवानीमा नागरिकलाई सहज पालिकाले जनाएको छ। लामो समयसम्म सडक बन्द हुँदा व्यापारी र सामान्य नागरिक दुवै मारमा पर्ने भएकाले यसपालि पालिकाको सक्रियताले ठूलो राहत पुगेको जनाइएको छ।

अध्यक्ष श्रेष्ठले आगामी दिनमा स्थायी समाधानका लागि मजबुत संरचना निर्माण र नियमित मर्मतलाई प्राथमिकतामा राखिने बताउनुभयो। सडक पुगेको देखाउनु मात्र होइन, त्यसलाई नियमित सञ्चालनमा राख्नु नै विकासको वास्तविक अर्थ भएको उल्लेख गर्नुभएको छ।

भूमे गाउँपालिकाले यसअघि पनि स्वास्थ्य, शिक्षा र सिँचाइ क्षेत्रमा विभिन्न कार्यक्रम अघि सारेको छ।तर यातायात सुविधा सुचारु हुनु गाउँपालिकावासीको पहिलो प्राथमिकता रहेको भन्दै अध्यक्ष श्रेष्ठ स्वयं फिल्डमा खटिनु उहाँको सक्रिय नेतृत्वको उदाहरणका रूपमा देखिएकाे छ।

प्रकाशित मिति : २०८२ असोज ७ गते मङ्गलवार