रुकुम पूर्वको भूमे गाउँपालिकामा दुई वटावडामा प्राङ्गारिक उत्पादन तथा प्रमाणिकरणलाई लक्षित गरी कृषक स्तर अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।असोज ७ गते वडा नम्बर ९ चुन्वाङ र असोज ८ गते वडा नम्बर ८ भैसिलोटेमा सम्पन्न उक्त कार्यक्रमको आयोजना एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय रुकुम पूर्वी भाग तथा भूमे गाउँपालिका कृषि विकास शाखाले संयुक्त रूपमा गरिएकाे गाउँपालिकाकाे कृषप प्राविधिक विशाल पुनमगरले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी किसानहरूले विगत ४/५ वर्षदेखि कृषि गर्दै आए पनि उत्पादनलाई बजार नपाएको, रोगव्याधि र ज्ञानको कमीका कारण बाली नष्ट हुने समस्या रहेको गुनासो राखेका थिए। साथै कृषि सम्बन्धी तालिम र प्राविधिक सहयोगको माग गरेका गरेका छन्।
भैसिलोटेमा भएको कार्यक्रममा कृषि अधिकृत थल बहादुर बस्नेतले सञ्चालन गर्नुभएको थियो भने प्रमुख डिल्लीराज पौडेलले किसानका समस्या समाधान गर्ने उपायसहित प्राङ्गारिक उत्पादन र प्रमाणिकरणका विभिन्न पक्षमा मार्गदर्शन गर्ने बताउनुभएकाे छ।
चुन्वाङमा आयोजित कार्यक्रममा प्रमुख पौडेलले “प्राङ्गारिक कृषि भनेको के हो?”, “किन आवश्यक छ?”, “प्रमाणिकरण र बजारिकरण कसरी गर्ने?” लगायत विषयमा प्रशिक्षण दिनुभएको थियो। साथै आन्तरिक नियन्त्रण प्रणाली व्यवस्थापन समिति गठन, स्वीकृत समिति गठन, सर्वेक्षण फाराम संकलन, किसान निवेदन संकलन तथा प्राङ्गारिक उत्पादन र बजारिकरणबारे सचेतना फैलाउने विषयमा विस्तृत छलफल गरिएको हाे।
प्रमुख पौडेलका अनुसार रुकुम पूर्वलाई ४/५ वर्षअघि नै प्राङ्गारिक जिल्ला घोषणा गरिएको बताउनुभयो । किसानलाई प्राङ्गारिक उत्पादनतर्फ प्रोत्साहित गर्न तथा उत्पादनमा प्राङ्गारिक छाप (कायम गर्ने उद्देश्यले साे कार्यक्रम सुरु गरिएको बताउनुभयो ।दुवै वडामा सम्पन्न कार्यक्रम किसानहरूको सक्रिय सहभागिता, प्रत्यक्ष संवाद गरिएको हाे।











प्रतिक्रिया दिनुहोस्