२०८३ साउन १५ गते शुक्रवार

नेपाल बैंकमा दश हजारभन्दा कममा शुकिला नोट नपाईने आफन्तलाई नाेट दिदैँ



दशैं–तिहार नजिकिँदै गर्दा सर्वसाधारण नागरिकलाई चाडपर्वमा लक्षित गर्दै भदौ २९ गतेदेखि असोज १० गतेसम्म शुकिला नोट वितरण थालिएको थियो। तर रुकुमपूर्व शाखामा वितरण प्रक्रिया सुरु भएदेखि नै सामान्य सेवाग्राहीले अपमानित व्यवहार खेप्नुपरेको गुनासो बढेकाे छ।

बैंकमा पुगेका सेवाग्राहीहरूका अनुसार सो शाखाले दश हजार रुपैयाँभन्दा कम रकम लिन चाहनेलाई शुकिला नोट नदिने बनाएको रहेछ।हामीजस्ता सामान्य नागरिकलाई दस हजारभन्दा कममा नोट पाइँदैन भन्दै फर्काइन्छ, तर त्यही बेला चिनेको मान्छेलाई सहजै थुप्रै नोट दिइन्छ।एक सेवाग्राहीले नाम नखुलाउने सर्तमा अन्वेषण खबर डटकमसंग गुनासो ब्यक्त गरेका छन्।

सामान्य सेवाग्राहीलाई मात्र नभई बैंकका कर्मचारी आफन्त र नजिकका चिनेजानेकालाई भने सहजै शुकिला नोट वितरण गरिरहेको छ।लाइनमा घण्टौँ बस्नुपर्छ, तर कर्मचारीका मान्छे आएपछि सीधै नोट हातमै पुर्‍याइन्छ। अर्का एक नागरिकले बताएका छन्।

सेवाग्राहीहरूले शुकिला नोट माग्दा बैंकका केही कर्मचारीले चर्को र अपमानजनक व्यवहार गरेकोसमेत गुनासो गरेका छन्। कतिपय नागरिकले “नोट लिन आएको मान्छेप्रति कर्मचारीहरूकै बोलीले निरास भएर फर्कनु परेकाे बताएका छन्।

यस विषयमा शाखा व्यवस्थापनसँग बुझ्दा शाखा प्रबन्धक निर्देशक ससिराम केसीले तत्काल समस्याकाे समाधान गर्ने बताएका छन्।

प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार