२०८३ कार्तिक १२ गते बुधवार

चाडपर्व लक्षित छड्के चेकिङ, कालोबजारी नियन्त्रणमा कडाइ



प्रमुख जिल्ला अधिकारी सीता परियारको नेतृत्वमा गरिएको सो चेकजाँचमा जिल्ला प्रहरी कार्यालयका डीएसपी उमाशंकर प्रसाद यादव, सशस्त्र प्रहरीका डीएसपी संगीत भट्ट, अस्पताल सुपरिटेन्डेन्ट डा. कृष्ण खराल, नेपाल पत्रकार महासंघका पदाधिकारी, ट्राफिक प्रहरी र जिल्ला प्रशासनका प्रतिनिधिकाे उपस्थितिमा छड्के चेकिङ गरिएको छ।

चाडपर्व नजिकिँदै गर्दा सुरक्षामा कडाइ र अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले रुकुम पूर्वमा शनिबार व्यापक छड्के चेकिङ गरिएको छ।रुकुम पश्चिम हुँदै आउने सवारीसाधनलाई रुकुमकोटदेखि सिस्ने गाउँपालिका–६ खोपिचारसम्म मध्यपहाडी लोकमार्ग क्षेत्रमा प्रहरीले रोकथाम गर्दै जाँच गरेको हो।

सवारीसाधनको कागजात, चालकको लाइसेन्स, सामान र यात्रु संख्यामा विशेष ध्यान दिइएको प्रशासन कार्यालयले जनाएको छ। चेकजाँचमा सिट क्षमताभन्दा बढी यात्रु राखिएको भेटिएको छ।जिल्ला प्रहरीका अनुसार चाडपर्वमा यात्रुको सहज आवागमन, जनसुरक्षा र बजारमा हुने कालोबजारी नियन्त्रण गर्न यस्ता चेकिङलाई निरन्तर कडाइ गर्ने तयारी गरिएको छ।


 

प्रकाशित मिति : २०८२ असोज ११ गते शनिवार