फलानो गाउँपालिका–६, छेप्रीदह। भर्खरै रातो किताब आयो भनेर खबर सुनाइयो। स्थानीय युवाले उत्साहका साथ सोधे, “अध्यक्ष ज्यु, रातो किताब आयो, के काम छ कि बेरोजगार भैयो?”
अध्यक्षले मुस्कुराउँदै भने, “Gen Z ले गर्दा मेरो जागिर पनि जाने भयो, तर अब ८४ पछि म पनि बेरोजगार, किन पिर?”
युवा हाँस्दै भन्छन्, “रातो किताब त आयो?”
अध्यक्ष टाउको खुस्काउँदै उत्तर दिए, “आया थियो, तर किताब पो कता गयो भन्ने थाहा छैन।”
फलानो गाउँपालिकामा यस्तै अवस्था छ – योजना, नीति र किताब त आउँछन्, तर कार्यान्वयन कहिल्यै कहिँ हराइरहन्छ। Gen Z का सवाल र उत्साहले नेतृत्वलाई सोच्न बाध्य बनाएको छ, तर कहिले–कहिले पुस्ता भन्छन्, ‘बेरोजगार त हामी पनि छौं, चिन्ता किन गर्ने?’
जनता : रातो किताबको काम के ?
अध्यक्ष : त्यो किताब देखाएर तपाइहरु रातो पिरो हुने😁
फलानो–६ मा रातो किताबको यात्रा अझै रहस्यमै छ, र अध्यक्षको जागिर जस्तै बेरोजगारी पनि सामान्य कुरा बनिसकेको
















प्रतिक्रिया दिनुहोस्