२०८३ बैशाख ५ गते शनिवार

तुसारिनी खाेलामा सुख्खा पहिरो, मध्यपहाडी लोकमार्ग पूर्ण अवरुद्ध



रुकुमपूर्वको भूमे गाउँपालिका–३ मा पर्ने तुसारिनी खाेलामा सुख्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। मंगलबार बिहान करिब ७ बजे काँडा बगरमा अचानक पहिरो खसेपछि यातायात ठप्प भएको हो।

पहिरोका कारण सवारीसाधनहरू बाटोमै रोकिनुका साथै यात्रुहरू पनि समस्यामा परेका छन्। समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीकाे अनुसार अहिले सडक पूर्णरुपमा बन्द भएको अन्वेषण खबर डटकमसंग बताए । म अहिले पहिरो गएकै स्थानमा छु। गाउँपालिकाले सडक खुलाउने प्रयास गरिरहेको छ तर माथिबाट निरन्तर पहिरो खसिरहेका कारण तत्काल यातायात सञ्चालन हुने अवस्था छैन। रसाइलीले कुराकानी गर्दै भने।

साे क्षेत्रमा पहिरो जोखिमयुक्त मानिँदै आएको छ। बेला–बेला सुख्खा पहिरो झर्ने भएकाले मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध हुने गरेको रसाइलीले बताए। काँडा बगर आसपासको सडक खण्ड यसवर्ष यात्रुका लागि अझ असुरक्षित बनेको छ। यसअघि पनि सुरक्षा निकाय र गाउँपालिकाले सडक सञ्चालनमा ल्याउने प्रयास गरेकाे थिए।

 

प्रकाशित मिति : २०८२ असोज १४ गते मङ्गलवार