प्यारो सन्तान,
तिमीलाई तिम्रो आमाबुबाको हृदयदेखि यो अमूल्य आशीर्वाद छ कि:तिमीले लुकाएको सुन यति चम्किलो होस् कि तिम्रो हरेक परियोजनामाथि लागेको फोहोर कसैले पनि नदेखून्। तिम्रो गोजी सधैँ भरिरहोस्, भले देशको ढुकुटी खाली होस्।
तिम्रो ‘सेवा’ गर्ने नाटक यति शक्तिशाली होस् कि, तिम्रो स्वार्थ कसैले पत्ता लगाउन नसकोस्। तिम्रो भाषण सुन्ने जनताको कान बधिर र आँखा अन्धो होस्, ताकि तिनीहरूले तिम्रो कामको मूल्य कहिल्यै बुझ्न नसकून्।
तिम्रो फाइलमाथि न्यायको नजर पर्न नपाओस्। कुनै पनि छानबिन समिति तिम्रो ‘चिया’ जस्तै मिठो र तिम्रो ‘पैसा’ जस्तै लोभी बनोस्। तिमीले बाँचेको ‘ऐश’ कहिल्यै नसकियोस्।
तिमी दीर्घायु बन, ताकि तिमीले आफ्नो वंश का लागि लुटेर जोडेको सम्पत्तिमा अधिकार जमाउन सक।तिमी अमर रहनु, तिम्रो ‘सेवा’ अमर रहोस्! जबसम्म तिमीभन्दा ठूलो ‘भ्रष्टाचारी’ आउँदैन
















प्रतिक्रिया दिनुहोस्