हुम्ला- चंखेली गाउँपालिका-४ स्थित बेशी खाेलामा बाेलेराे जिप दुर्घटनामा परि घाइतेहरूकाे उद्वारका लागि हेलिकप्टर उडेकाे छ। दुर्घटना भएकाे ३ घण्टापछि नेपाली सेनाकाे हेलिकप्टर सुर्खेतबाट उडेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। कर्णाली प्रदेश ०२००१ च १०९१ काे बाेलेराे जिप चंखेली गाउँपालिका-४ बेशीखाेलमा दुर्घटना हुदाँ ११ जना घाइते भएका छन। दुर्घटना हुदाँ ३ सय मिटर तल खसेकाे थियाे।
११ बजे चंखेली गाउँपालिका-६ मेल्छामबाट सुर्खेत जाँदै गरेकाे बाेलेराे जिप दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मेल्छाम प्रहरी चाैकीबाट ५ जनाकाे टाेली घटना स्थल पुगेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पाेेखरेलले बताए। दुर्घटनामा परि घाइते हुनेहरूमा चंखेली गाउँपालिका-६ का १४ की बिमला बुढा, २८ वर्षिय मनबिर बुढा,वर्ष २६ का पार्वति सिरन, २४ हंश लामा २८ का कैलाश सिरा,
१९ का बहदुर लामा सिमकाेट गाउँपालिका-८ महेन्द्र राेकाया घटना स्थलबाट पिप्लाङ बर्थिङ सेन्टर लगिएको डिएसपी पाेखरेलले बताए।७ जनाकाे अवस्था गम्भीर र ३ जना मध्यम १”गरि ११ जना रहेतकाे डिएसपी पाेखरेलकाे भनाइ छ।
















प्रतिक्रिया दिनुहोस्