२०८३ बैशाख ५ गते शनिवार

जितखाेलामा गाडी दुर्घटना, मानवीय क्षति छैन



भूमे गाउँपालिका–३ जितखोलामा गाडी दुर्घटना भएको छ। भूमे–२ खाबाङबगरबाट रुकुम पश्चिमको सोलाबाङतर्फ सवार लु २च २९४१ नम्बरको गाडी मध्यपहाडी लोकमार्गमा अनियन्त्रित भई दुर्घटना भएको हो।

घटनास्थलबाट प्राप्त जानकारीअनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन। गाडी सडकबाट अनियन्त्रित भएर खसेको बताइएको छ। थप विवरण आउँदैछ।

 

प्रकाशित मिति : २०८२ असोज २४ गते शुक्रवार