जिल्लाको सिस्ने गाउँपालिका–५ रूमालबारास्थित कच्ची सडक खण्डमा पिकअप जिप दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वी भागकाे अनुसार शनिबार दिउँसो करिब ४:०० बजे रुकुमकोटबाट चुनवाङतर्फ जाँदै गरेको लु २ च १४४२ नम्बरको खुद्रा सामान बोकेको पिकअप जिप सडकमै पल्टिएको हाे।
भूमे गाउँपालिका –२ बस्ने २४ वर्षिय चालक विजय बुढा मगरले चलाइरहेको उक्त पिकअप सडककाे किनारमा रोकी राखेको अवस्थामा अचानक ब्याक भएर पल्टिएको प्रहरीले जनाएको छ।दुर्घटनामा मानवीय क्षति भने भएको छैन। दुर्घटना भएको स्थानबाट जिल्ला प्रहरी कार्यालयदेखि करिब ४ किलोमिटर पूर्वमा पर्ने बताईएकाे छ।
प्रकाशित मिति : २०८२ असोज २५ गते शनिवार











प्रतिक्रिया दिनुहोस्