नेकपा एमाले रुकुमपूर्वले अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालको संयोजनमा शनिबार रुकुमकोटमा युवा–विद्यार्थी विशेष भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम एमाले रुकुमपूर्वका अध्यक्ष लिलामणि गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा पोलिटब्यूरो सदस्य तथा जिल्ला इञ्चार्ज खेममान खड्काले राष्ट्र, राष्ट्रियता र स्वतन्त्रताको संरक्षणमा युवा–विद्यार्थीको सचेत भूमिकाको आवश्यकता औंल्याएका छन्। भाद्र २३–२४ मा भएको जेनजी आन्दोलनले समाजमा गहिरो प्रभाव पारेको उल्लेख गर्दैँ नेतृत्व परिवर्तन बहसभन्दा जनतामाझ वस्तुनिष्ठ समीक्षा लिएर जानुपर्ने ईन्चार्ज खड्काले बताए ।
पार्टीका अध्यक्ष गौतमले नेकपा एमाले को निति र नेतृत्व सहि हुदाहुदैँ पनि जनतालाई वुझाउन नसक्नु एमाले भित्रको कमजोरी रहेको स्विकार गरेका छन्।आफ्नाे पार्टी सरकारमा रहँदा गरेका राम्रा कामहरु जनतालाई वुझाउँदै पछिल्लो समय दल भित्रका नेताहरुमा देखिएको गलत चरित्रलाई पनि सुधार गरेर अगाडि जानुपर्ने गाैतमले अन्वेषण खबरसंग बताए।
उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले जेन्जी आन्दोलनका सकारात्मक पक्ष ग्रहण गर्दै पार्टीले युवालाई आरक्षणका रूपमा होइन, नेतृत्व विकासमा सक्षम बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाब दिएका छन्।भेलामा पार्टी केन्द्र, प्रदेश र जिल्ला तहका नेताहरूको सहभागिता रहेको थियो भने सञ्चालन विद्यार्थी संगठनका अध्यक्ष तेजेन्द्र खड्काले गरेका थिए।











प्रतिक्रिया दिनुहोस्