समाचार सारांश
- नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले आगामी निर्वाचनमा सहभागिताको तयारी भएको बताए पनि सरकारले निष्पक्ष वातावरण नबनाएको आरोप लगाएका छन्।
- उनले सरकार दलहरूप्रति प्रतिशोधपूर्ण गतिविधि गरिरहेको भन्दै निर्वाचन निष्पक्ष र स्वतन्त्र रूपमा हुनेमा शंका व्यक्त गरे।
नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले सरकारले निष्पक्ष ढंगले निर्वाचन गर्नेमा आशंका व्यक्त गरेका छन् ।
निर्वाचन आयोगले बिहीवार दलहरुसँग आयोजना गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्र निर्वाचनमा सहभागी हुन तयार रहेपनि सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उनले बताए ।
सरकारले दलहरुलाई विश्वासको वातावरणमा लिएर निर्वाचन गराउनको लागि कुनै भुमिका नखेलेको उनको आरोप छ । उनले सरकार राजनितिक दलहरुको विरुद्धमा लागिरहेको पनि जिकिर गरे । सरकारले दलहरुको विरुद्धमा प्रतिशोध लिने, बदला लिने, गिरफ्तार गर्ने, मुद्दा लगाउने खालका गतिवधि अगाडी बढाएको उनको भनाइ छ । सरकारले निर्वाचनलाई निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन गर्छ भन्नेमा शंका पैदा भएको उनले बताए ।
उनले भने, ‘निर्वाचन त हुनुपर्छ भन्ने नै हो । निर्वाचनमा हामी सहभागी हुन्छौँ भन्नेकुरा पनि हो । तर सरकारले निर्वाचनको लागि निष्पक्ष, स्वतन्त्र ढंगले निर्वाचन गर्न सक्ने खालको वातावरण बनाउँछ कि बनाउँदैन भन्नेकुरा कै आशंका पैदा भएको छ ।











प्रतिक्रिया दिनुहोस्