समाचार सारांश
- भूमे गाउँपालिकाले लुम्बिनी प्रदेशमा स्वच्छ कृषि उत्पादनमा पहिलो स्थान हासिल गर्दै सम्मान प्राप्त गरेको छ।
- प्रदेशका १०९ स्थानीय तहमध्ये एक्लै भूमेले यो उपलब्धि पाएको हो।
- रासायनिक मल र विषादी घटाएर जैविक खेतीलाई प्राथमिकता दिएका कारण यो सफलता सम्भव भएको गाउँपालिकाले जनाएको छ।
लुम्बिनी प्रदेशको हिमाली जिल्ला रुकुमपूर्वकाे भूमे गाउँपालिकाले स्वच्छ कृषि उत्पादनमा उल्लेखनीय उपलब्धि हासिल गर्दै प्रदेशकै पहिलो स्थानीय तहको रूपमा सम्मान प्राप्त गरेको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको पत्रअनुसार लुम्बिनी प्रदेशका १ सय ९ वटा स्थानीय तहमध्ये भूमे गाउँपालिका मात्रै स्वच्छ कृषि उत्पादनमा सम्मानित भएको हो।
भूमे गाउँपालिकाले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै जैविक खेतीलाई प्राथमिकता दिएको छ।गाउँपालिकाभित्रका किसानलाई जैविक मल उत्पादन र प्रयोगका लागि तालिम, प्राविधिक सहयोग र प्रोत्साहन दिइँदै आएको छ। यसका कारण उत्पादन गुणस्तरीय हुनुका साथै बजारसम्म सहज रूपमा पुग्न थालेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठका अनुसार यो उपलब्धि किसान, प्राविधिक र स्थानीय सरकारको साझा प्रयासको परिणाम भएकाे बताउनुभयो। “हाम्रो क्षेत्रलाई स्वच्छ कृषि उत्पादनमा पहिलो बनाउनु केवल पुरस्कार होइन, यो भूमे गाउँपालिकाको प्रतिबद्धताको प्रमाण भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

















प्रतिक्रिया दिनुहोस्