२०८३ बैशाख ५ गते शनिवार

रुकुमपूर्व अस्पतालले गर्याे समीक्षा कार्यक्रम : उठे गम्भीर प्रश्न



समाचार सारांश
Generated Using AI
  • अस्पतालले बढ्दो गुनासोका बीच समीक्षा कार्यक्रम सम्पन्न गरेको छ।
  • राजनीतिक दल र पत्रकार महासंघले अस्पताल सेवामा देखिएका कमजोरीलाई कडाइका साथ उठाउँदै तत्काल ठोस सुधार र दीर्घकालीन योजना कार्यान्वयनको सुझाव।
  • जनताका गुनासाे वर्षाैँदेखि बेवास्ता गरिँदै आएको भन्दै अस्पताल प्रशासनप्रति असन्तुष्टि व्यक्त।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्व ।पछिल्लाे समय नागरिकबाट अस्पताल सेवासम्बन्धी गुनासाे बढेपछि रुकुमपूर्व अस्पतालले बिहिबार समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाका तीन वटा स्थानीय तह रहेकाे भए पनि नागरिकले चाहेजस्तो स्वास्थ्य सेवा नपाएको गुनासाे भइरहेका बेला अस्पतालले समीक्षा कार्यक्रम आयोजना बिएलबी हाेटेलमा गरेको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमपूर्वका प्रमेख मेघ बहादुर श्रेष्ठ, उप–प्रमुख मोहन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, नेकपा माओवादी केन्द्रका संयोजक कुमारी बराल, नेकपा एमालेका प्रतिनिधि,फत्ते कुमारश्र ओली र भावना बुढाथोकी , नेपाली कांग्रेसका कार्यबाहक सभापति भीम बहादुर खड्का, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी सन्देश पौडेल, नेपाल पत्रकार महासंघ रुकुमपूर्वका प्रतिनिधि तथा विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति उक्त कार्यक्रम गरिएकाे हाे।

कार्यक्रममा उप–प्रमुख केसीले अस्पताल सेवामा देखिएका कमजोरीबारे प्रश्न उठाउँदै तत्काल सुधारका कदम चाल्न अस्पताल प्रशासनलाई आग्रह गर्नु भएको छ।

नेपाली कांग्रेसका कार्यबाहक सभापति भीम बहादुर खड्काले अस्पताल प्रशासन र स्वास्थ्य निकायप्रति असन्तुष्टि जनाउनुभएकाे छ। उहाँले जनताले बर्सौँदेखि गुनासाे गरिरहे पनि ठोस सुधार नदेखिएको बताउनुभयो ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका संयोजक कुमारी बरालले अस्पतालले पछिल्लाे समय केही सुधारात्मक पहल थालेको भन्दै सकारात्मक मूल्याङ्कन गर्नु भएको छ। बरालले भन्नुभयाे “समस्या छन्, तर समाधानतर्फ अस्पतालले चाल्न थालेका कदमहरूलाई हामीले सहकार्य र सहयोग गरेर अघि बढाउनुपर्छ। राजनीतिक दलहरूले पनि सुधारमा साथ दिने बरालले बताउनुभयो ।

विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सेवाको गुणस्तर वृद्धि गर्न दीर्घकालीन योजना बनाएर कार्यान्वयनमा ल्याउन अस्पताल प्रशासनलाई आग्रह गरेका समेत गरेका छन्।

यस्तै नेपाल पत्रकार महासंघ उपाध्यक्ष बालाराम शेर्पाली र सचिब निराजन बिक सिर्पालीले अस्पतालमा उपचार गर्न आउने बिरामीले भने जस्ताे सेवा नपाएकाे पटक – पटक संञ्चार माध्यममा बाेले पछि नागरिककाे गुनासो मेताउन रुकुमपूर्व अस्पताल सहकार्य भएकाे पत्रकार महासंघले जनाएको छ।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार