२०८३ कार्तिक १२ गते बुधवार

रुकुमपूर्वमा प्रहरीको ७० औं वार्षिकोत्सव भव्य रूपमा मनाइयो



समाचार सारांश
Generated Using AI
  • रुकुमपूर्वमा जिल्ला प्रहरी कार्यालयले शुक्रबार ७० औं वार्षिकोत्सव विशेष समारोहका साथ मनाएको छ।
  • कार्यक्रममा सहिद प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण, पूर्वप्रहरी सम्मान तथा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।
  • डीएसपी उमा शङकर यादवले नागरिक सहकार्यबिनाको सुरक्षा सम्भव नभएकोमा जोड दिनुभयो।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

रुकुमपूर्व । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले शुक्रबार आफ्नो ७० औं वार्षिकोत्सव एक विशेष समारोहका साथ भव्य रूपमा मनाएको छ। समारोहको सुरुवात देश र जनताको सेवामा प्राण आहुति दिने सहिद प्रहरीप्रति श्रद्धाञ्जलि अर्पणबाट गरिएको थियो।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक (डीएसपी) उमा शङकर प्रसाद यादवले प्रहरी संस्थाको भूमिका पेसाभन्दा पर पुग्ने भन्दै नागरिकको सक्रिय सहभागिताबिना राष्ट्रिय सुरक्षा सम्भव नहुनेमा जोड दिनुभएकाे छ।

सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर विकका अनुसार कार्यक्रममा दुई जना पूर्वप्रहरीलाई सम्मान गरिएको भने प्रहरी दिवस अवसर पारेर आयोजना गरिएकाे विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने प्रहरीहरूलाई पुरस्कार वितरण गरिएको बिकले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार