२०८३ साउन १४ गते बिहिवार

देशभर सातौं स्थानमा रुकुम (पूर्वी भाग) प्रशासन



समाचार सारांश
Generated Using AI
  • पर्वत जिल्ला पहिलो, भक्तपुर दोस्रो र नुवाकोट तेस्रो स्थानमा परेका छन्।
  • रुकुम पूर्वका अधिकारीहरूले आगामी वर्ष झन् उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्य लिएको बताएका छन्।
  • स्थानीयवासी र जनप्रतिनिधिहरूले यस उपलब्धिलाई गौरवको रूपमा लिएका छन्।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

लुम्बिनी प्रदेशको हिमाली क्षेत्र मानिने रुकुमपूर्वको जिल्ला प्रशासन कार्यालय रुकुम (पूर्वी भाग) गृह मन्त्रालयको मूल्याङ्कनमा देशभरका ७७ जिल्लामध्ये सातौं स्थानमा पर्न सफल भएको छ।मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को जिल्ला श्रेणी तालिका सार्वजनिक गरेको हो।मन्त्रालयले प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति तथा प्रशासनिक कार्य सम्पादनलगायतका सूचकका आधारमा मूल्याङ्कन गरेको थियो।रुकुम पूर्वले ९५ दशमलव ०५५८ प्रतिशत अंक प्राप्त गरी सातौं स्थान हासिल गरेको हो।

पर्वत जिल्ला ९५ दशमलव ७१२५ प्रतिशत अंकसहित पहिलो, भक्तपुर ९५ दशमलव ४६७५ प्रतिशतसहित दोस्रो, नुवाकोट ९५ दशमलव ३६८३ प्रतिशतसहित तेस्रो, मनाङ चौथो, धनकुटा पाँचौं र पाल्पा छैटौं स्थानमा परेका छन्।जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वका सहायक प्रमुख जिल्ला अधिकारी जीवन कुमार खड्काका अनुसार यो उपलब्धिले जिल्लाको प्रशासनिक कार्यक्षमता, सेवा वितरण र सहकार्य स्तरमा उल्लेखनीय सुधार भएको संकेत गर्दछ।“जिल्ला समन्वय समिति, स्थानीय तह र सरकारी कार्यालयबीचको सहकार्यले यो सफलता सम्भव भएको खड्काले जानकार दिनुभयो।

प्रमुख जिल्ला अधिकारी सीता परियारले रुकुम पूर्वले पाएको यो स्थानलाई गर्वको विषय भएको बताउनुभयो।उहाँले भन्नुभयो “हाम्रो टोलीको प्रतिबद्धता, जनतालाई समयमै सेवा दिने प्रयास र सहकार्यकै कारण सातौं स्थानमा पुग्न सक्यौं।आगामी वर्षमा अझ उत्कृष्ट स्थान हासिल गर्ने लक्ष्य छ।गृह मन्त्रालयका सचिव र प्रजिअबीचमा कार्यसम्पादन सम्झौता हुन्छ।यसमा ५ वटा सूचकहरू रहेका हुन्छन्।शासकीय प्रवन्ध,लागुऔषध नियन्त्रण ,विपद जोखिम न्यूनीकरण तथा व्यवश्थापन, मुअब्जा वितरण तथा विकास सहजीकरण शान्ति सुरक्षा लगायतको विषयमा  गृहमन्त्रालले मुल्याङ्कण गर्ने प्रजिअ परियारले बताउनुभयो।रुकुम पूर्वका स्थानीयवासी, जनप्रतिनिधि र सरकारी निकायहरूले यस उपलब्धिलाई गौरवका रूपमा लिएका छन्।

प्रकाशित मिति : २०८२ असोज ३१ गते शुक्रवार