समाचार सारांश
- रुकुमपूर्वको रानिकोट–किटनी सडकखण्डमा बाँकी निर्माण कार्य तीव्र पार्न मध्यपहाडी पुष्पलाल राजमार्ग १९ दिन (कार्तिक १२–३०)का लागि बन्द हुने भएको छ।
- यस अवधिमा सम्पूर्ण सवारीसाधन आवागमन रोकिनेछ भने ठूला र साना गाडीका लागि वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ।
रुकुमपूर्व हुँदै रुकुमपश्चिम ,दाङ ,सल्यान , जाजरकोट , नेपालगन्ज , र डाेल्पा जाेड्ने रुकुमपूर्वकाे प्रमुख यातायात मध्यपहाडी पुष्पलाल राजमार्ग करिब ३ साता बन्द हुने भएको छ।जस अन्तर्गत रानिकोट–किटनी सडकखण्ड ठेकेदारले १९ दिन भित्र बाकी रहेकाे निर्माण कार्यलाई सम्पन्न गर्ने बाचा लिए पश्चात् कामलाई तीव्रता दिन कार्तिक १२ गतेदेखि ३० गतेसम्म सो खण्डमा सवारीसाधन आवागमन रोक्ने निर्णय गरिएको हो।
जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी सिता परियारको अुनसार अवधिभित्र सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको बताए ।मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कार्यालयका अधिकारीहरूले रानिकोट–किटनी सडकखण्डमा बाँकी काम सम्पन्न गर्न तत्काल आवागमन रोक्नुपर्ने प्रस्ताव पेश गरेका थियाे। सो प्रस्तावका आधारमन १९ दिनका लागि सम्पूर्ण सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाउने निष्कर्ष निकालेको प्रजिअ परियारले बताए।
ठूला सवारीसाधनका लागि वैकल्पिक मार्गका रूपमा कैचिमोड–धाउन्ने–पोखरा–छिन्खेत सडक प्रयोग गर्न सकिने र साना सवारी साधनहरूले कैचिमोड–धाउन्ने–नाथिगाड–धपे मार्ग प्रयोग गर्न सक्ने छन्।जिल्ला प्रशासन कार्यालयका अनुसार सडक बन्दको अवधिमा सर्वसाधारणलाई वैकल्पिक मार्गमार्फत यात्रा गर्न आग्रह गरिएको छ।














प्रतिक्रिया दिनुहोस्