समाचार सारांश
- टिभी रोगले ग्रस्त दुई वर्षीय सन्दीपको उपचारमा सहयोगको अपिल
- सहयोग अभियानमा समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत सन्दीपको जीवन रक्षाका लागि सहयोग गर्न सबैमा आव्हान
रुकुमपूर्वकाे पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोट धाराका गाउँका दुई वर्षीय सन्दीप पुन टिभी (क्षयरोग) रोगसँग लडिरहेका छन्।करिब ६ महिनादेखि रोगले ग्रस्त सन्दीप हाल काठमाडौँस्थित बालबालिकाको प्रमुख उपचार केन्द्र, बालकान्ति अस्पतालमा उपचाररत छन्।
बुबा लक्षिण कुमार पुन र आमा पुनीसार पुनका एकमात्र छोरा सन्दीपको उपचारमा ठूलो रकम खर्च हुने भएकाले आर्थिक अभावले परिवार गम्भीर समस्यामा परेको छ। आर्थिक अवस्था नाजुक भएका सन्दीपका अभिभावकले उपचार खर्च जुटाउन नसक्दा सहयोगका लागि अपिल गरेका छन्।
सहयोग अभियानमा समाजसेवी तथा युवा नेता चन्द्र रसाइलीले सामाजिक सञ्जालमार्फत सन्दीपको जीवन रक्षाका लागि सहयोग गर्न सबैमा आव्हान गरेका छन्। उनले भने, “तिहारमा गर्ने खर्च थोरै भए पनि बचाएर सानो सहयोगले पनि कसैको ज्यान बचाउन सकिन्छ, सबै मिलेर सन्दीपलाई बचाऔं।”अन्वेषण खबर डटकम संग टेलिफोन संवादमा कुरा गर्दै भने।
हाल उपचारमा लाग्ने खर्च ठूलो भएकाले सहयोगी मन भएका व्यक्तिहरूले आर्थिक सहयोग पुर्याई बालकको उपचारमा हातेमालो गर्न आग्रह गरिएको छ।
















प्रतिक्रिया दिनुहोस्