२०८३ कार्तिक ११ गते मङ्गलवार

राेल्पाकाे थबाङ – ४ गुराँसेका देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत फेला



तस्बिर : गाेविन सहयात्री साैजन्य
समाचार सारांश
Generated Using AI
  • रोल्पा जिल्लाको थबाङ गाउँपालिका–४ गुराँसेका ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका छन्।
  • उनी मंगलबार बिहान ससुराली जाने क्रममा हराएका थिए।
  • घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान अघि बढाइरहेको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

 

रोल्पा जिल्लाको थबाङ गाउँपालिका–४ गुराँसे निवासी ७९ वर्षीय देवसिंह घर्तीमगर मृत अवस्थामा फेला परेका छन्।

घर्तीमगर मंगलबार बिहान ससुराली जानका लागि गुराँसेबाट थबाङ गाउँपालिका–१ थबाङतर्फ हिँडेका थिए। स्थानीयले झिम्रुक खोलामा उनको शव फेला परेको वडा नं. १ का वडाध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी दिनुभयो।

वडाध्यक्ष बुढामगरका अनुसार शव गाउँको घर्तीटोल फुन्तिबाङस्थित झिम्रुक खोलामा बाटोदेखि करिब १५० मिटर तल भेटिएको बताए। मृतकको परिवार र आफन्तलाई खबर गरिसकिएको बताएका छन्।

“विकट र दुर्गम भौगोलिक कारणले आफन्त र प्रहरी टोलीलाई घटनास्थलमा पुग्न केही समय लाग्नेछ,”वडाध्यक्ष बुढामगरले भने।” घटनाको थप विवरण र मृत्युको कारणबारे अनुसन्धान प्रहरी घटना स्थल पुगे पश्चात् तथ्य छानिविन प्रहरीले गर्ने बताएको छ।

 

प्रकाशित मिति : २०८२ कार्तिक ५ गते बुधवार