२०८३ साउन १५ गते शुक्रवार

मुसिकोटबाट स्यालाखदी जाँदै गरेको जीप झारमारेमा दुर्घटना, ८ जनाको मृत्यु



मुसिकोटबाट स्यालाखदी जाँदै गरेको यात्रुवाहक जीप रुकुम पश्चिमको झारमारेमा दुर्घटना हुँदा अहिलेसम्म ८ जनाको शव फेला परेकाे र ५ जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी हरि प्रसाद पुनकाे अनुसार खलंगाबाट आठबिसकोट नगरपालिका–९ स्यालाखदीतर्फ जाँदै गरेको रा १ ज ४२२ नम्बरको बोलेरो जीप शुक्रबार बेलुका बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमाना पर्ने झारमारे लेकमा दुर्घटनाग्रस्त भएको बताए ।

प्रहरी निरीक्षक पुनले घटनास्थलमा प्रहरी टोली पुगेको र पाँच जनाको शव फेला परेको जानकारी दिनुभयो। उहाँका अनुसार अन्य यात्रुहरू मृत भेतिने पुनले बताए ।

बोलेरो चालक टोपजङ बुढाको टाउकोमा ढुंगा लागेको छ भने गाडीमा करिब २० जना सवार रहेका थिए। ओभरलोडका कारण जीप सडकबाट भीरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार