रुकुम पश्चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडकखण्डमा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ ।
मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेका छन्।
प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिए अनुसार
यसअघि ८ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएपनि प्रहरीले ७ जनाकाे मृत्यु भएकाे ओलीले भने ।१ जनाकाे सनाखत भएकाे छैन । १० जना घाइते भएका छन् ।
घाईतेहरुकाे परिचय खुलेकाे छैन । घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले लगिदै छ।
प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार











प्रतिक्रिया दिनुहोस्