२०८३ साउन १७ गते आइतवार

माओवादीको गढ रुकुमपूर्वमा रास्वपाको राजनीतिक सुरु



समाचार सारांश
Generated Using AI
  • माओवादीको बलियो गढ मानिने रुकुमपूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्दै राजनीतिक गतिविधि सुरु गरेको छ।
  • शनिबार रुकुमकोटमा भएको प्रथम जिल्ला भेलाले लखनकुमार थापाको नेतृत्वमा १३ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
  • रास्वपाको यो प्रवेशले जिल्लामा नयाँ राजनीतिक प्रतिस्पर्धाको संकेत दिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

माओवादीको बलियो जनाधारका रूपमा चिनिने रुकुमपूर्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार गर्दै नयाँ राजनीतिक लहर ल्याउन सुरु गरेकाे छ।शनिबार रुकुमकोटमा सम्पन्न प्रथम जिल्ला भेलाले लखनकुमार थापालाई जिल्ला सभापति चयन गर्दै १३ सदस्यीय जिल्ला समिति गठन गरेको छ।

रास्वपा लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय सदस्य देवराज पाठकका अनुसार रुकुमपूर्वमा पार्टीले औपचारिक संरचना विस्तारसँगै स्थानीय तहमा संगठनात्मक अभियान तीव्र बनाउने बताए ।

भेलाबाट चयन भएको नयाँ जिल्ला समितिमा सचिवमा डिलबहादुर खड्का र सदस्यहरूमा रमन खड्का, टेकबहादुर खड्का, सन्देश बुढा, अरुण खड्का, भरत खड्का, भूपेन्द्र देवकोटा, जयराम सुनार, सुनिल मल्ल, सिर्जना शाही मल्ल, बसन्तकुमार श्रेष्ठ र अञ्चल मल्ल चयन भएका छन्।

भेलामा बोल्दै पाठकले भने, “रुकुमपूर्व परिवर्तनको माटो हो। रास्वपा अब परम्परागत दलहरूको विकल्पका रूपमा ग्रामीण भेगसम्म पुग्ने चरणमा प्रवेश गरेको पाठकले बताए।

रुकुमपूर्व दशकौँदेखि माओवादी केन्द्रको राजनीतिक प्रभावमा रहेको जिल्ला हो। सशस्त्र जनयुद्धका क्रममा यही भूभाग माओवादीको बलियो आधार क्षेत्र हाे।

रुकुमपूर्वमा रास्वपाको औपचारिक प्रवेशले माओवादी पार्टीमा मात्रै नभए र अन्य दलाललाई समेत नयाँ राजनीतिक प्रतिस्पर्धाको संकेत दिएको छ।

माओवादीको गढमा रास्वपाको औपचारिक प्रवेश केवल संगठन विस्तार मात्र होइन, ग्रामीण राजनीति पुनर्संरचनाको संकेत पनि हो।अब हेर्न बाँकी छ । यो लहर टिकाउ हुन्छ कि परम्परागत गढमै हराउँछ।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शनिवार