२०८३ कार्तिक १२ गते बुधवार

अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते १ काे पाेखरा रिफर



रुकुमपूर्वमा अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।शनिबार साँझ करिब ५:३० बजे भूमे गाउँपालिका–४ काँडाबगरस्थित मध्यपहाडी लोकमार्गमा भएको दुर्घटनामा सात जना सवारीसाधनमा सवार व्यक्ति घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका अनुसार रुकुमकोटतर्फ आइरहेको लुम्बिनी प्रदेश ०२–००१ ह १४९३ नम्बरको अटो र विपरीत दिशातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ प ०७६८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा अटो चालकसहित पाँच जना र मोटरसाइकलमा सवार दुई जना गरी सात जना घाइते भएका छन्।

सहिन पुन ४५ वर्षका भूमे–२ खाबाङ — बाँया आँखानजिक सामान्य चोट लागेको छ।यस्तै ११ वर्षका सुदीप पुनकाे शरीरको भित्री भागमा सामान्य चोट लागेकाे छ। साेही गाउँपालिकाकी २७ वर्षकी अस्मिता झाक्री बुढामगरकाे बाँया गालामा चाेट लागेकाे छ। ४३ वर्षका कर्मकुमारी पुनकाे भने जिल्ला अस्पताल रुकुमपूर्वमा प्राथामिक उपचार पश्चात् थप उपचारको लागि पाेखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक लाल बहादुर बिकले जानकारी दिनुभयो ।

यस्तै ८ वर्षका बचन बुढामगरकाे टाउकोमा चोट र आठबिसकोट –१०, रुकुम पश्चिमका १८ वर्षका गणेश शाही , बागचौर–६, सल्यानका बसन्त भण्डारीकाे दाहिने हात र खुट्टाको औलामा चोट लागेकाे बताईएकाे छ।

घाइते सातै जनालाई उपचारका लागि जिल्ला अस्पताल रुकुमकोटमा लगिएको छ। प्रारम्भिक उपचारपछि सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। दुवै सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।

तत्काल उद्रारकार्यमा भूमे गाउँपालिका प्रवक्ता तथा वडा नम्बर-  २ वडाध्यक्ष नाराण पुन , नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्यीय रुपधन कामी, नेपाल पत्रकार महासंघ रुकुमपूर्व, समाजसेवी तथा युवा नेता चन्द्र रसाइली लगायतको टीम खतिएकाे थियाे।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शनिवार